कमल। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई) १ नम्वर प्रदेशको संयोजकमा झापाका मोहन प्रसाद ओलि सर्वसम्मत चयन हुनुभएको छ ।
झापाको दमकमा समपन्न प्रदेश स्तरीय भेला बाट सह संयोजकमा मोरङ्गका विनोद भण्डारी, सचिवमा मोरङ्गकै पर्शुराम निरौला(प्रशान्त) कोषाध्यक्ष झापाका पुनम सुवेदी पोख्रेल सर्व सम्मत चयन हुनुभएको हो । त्यस्तै सदस्यमा टीका सुवेदी झापा, र दिनेश प्रसाद खनाल तेह्थुम समेत सर्वसम्मत सचयन हुनु भएको हो ।
गैर सरकारी सस्थाको रुपमा काठमाडौमा दर्ता भएको यस सस्थाले देश भरका ३६ वटा जिल्ला सञ्जाल र ७ वटा प्रदेश सञ्जाल मार्फत क्षिक्षा क्षेत्रको विकासका लागि बहस, पैरवी र खोज अनुसन्धान गर्दै आईरहेको छ । शिक्षा क्षत्रेको विकासकालागि समन्वय र सहकार्यमा सधै विश्वस गर्ने यस सस्थाले आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका सवालहरुका विषयमा प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तराष्ट्रिय मान्यना अनुसार नेपाल सरकारले सार्वजनिक शिक्षालाई निःशुल्क बनाउनु पर्छ भन्ने विभिन्न सन्धि र महासन्धि स्वीकार गरीसकेको छ । संविधानमा समेत शिक्षालाई मौलिक हकमा समावेश गरिएको हुनाले विध्यालयतहको शिक्षा निःशुलक र अनिवार्य हुनुपर्छ भने माधयमिक तहको शिक्षालाई निःशुल्क गरिनुपर्छ भनेर हामि नेपाल सरकार संग अनुरोध गरिरहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडीले बताउनु भयो ।
कार्यक्रममा सस्थाले हालसम्म गरेका गतिविधीका वारेमा सस्थाका कार्यक्रम प्रबन्धक राम गैरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कमल गाउँपालिका ,गौरादह नगरपालिका र गौरिगंज गाउँपालिका प्रमुख र उप्रप्रमुख आगामि मंसिर ४ गते सम्पन्न हुने प्रदेश र प्रतिनिधी सभासदस्यमा उमेद्वार र शिक्षा शाखा प्रमुखको कार्यक्रम सम्पन्न भएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल निवर्तमान केन्द्रिय सदस्य हेम खत्रीले सहजी करण गर्नुभएको कार्यक्रममा उपस्थित सहभागीलाई झापा जिल्ला अध्यक्ष अर्जुन पाठकले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।