logo
शुक्रबार, साउन २९ २०८३

‘एमालेमा बढेको पार्टी प्रवेशको लहरले अरु धेरै पार्टीहरुमा भुईंचालो र पहिरो गएको छ’ : अध्यक्ष ओली


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक २३ २०७९

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासको जिम्मा एमालेले लिएको बताएका छन् । नेकपा एमाले नेतृत्वको सरकार हुनुभन्दा अघि पनि विभिन्न सरकार बने तर विकास निर्माणको गति एमालेले नेतृत्व सरकार भए पछिमात्र लिएको उनको भनाई छ ।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले देशमा विकासको मार्गरेखा एमालेले नै कोरेको भन्दै बाँकी विकास निर्माणको कार्यभार पनि एमालेले नै पूरा गर्ने पनि दावी गरे ।

‘नेपालमा औद्योगीकरण, गरीबी निवारण, पर्यटन क्षेत्रको विकास जस्ता कुराहरुमा एमालेको अगुवाई रहँदै आएको छ’ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘आगामी चुनावमा एमालेलाई विजयी गराई देश विकासको जिम्मा एमालेलाई दिएर ढुक्क हुनोस् ।’

एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी कार्य गरे वा भ्रष्टाचार गरे त्यसको जिम्मेवारी एमालेले लिने भन्दै उनले ढुम्क भएर एमालेलाई विजयी गराउन आग्रह गरे । हल्ला र भ्रमका पछि नलागी नेपाली जनताको पक्ष र देशको पक्षमा रहेको एमालेलाई प्रतिनिधिहरुलाई निर्वाचित गराउन आग्रह गर्दै अध्यक्ष ओलीले देशमा कहाँ कुन विकासको खाँचो छ, त्यसलाई एमालेले पूरा गर्ने पनि दोहोर्याएका छन् ।

एमालेमा बढेको पार्टी प्रवेशको लहरले अरु धेरै पार्टीहरुमा भुईंचालो र पहिरो गएको ओलीको टिप्पणी छ । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता घनेन्द्र योङ्या एमालेमा प्रवेश गर्दै यो देशको समृद्धि एमालेबाट मात्र सम्भव भएको बताए । यस्तै हाडजोर्नी रोग विशेषज्ञ डाक्टर डिल्ली रिजाल, बलभद्र अधिकारी लगायतका सामाजिक व्यक्तित्वहरु समेत एमालेमा प्रवेश गरेका छन् ।

साझामञ्च डटकम बाट

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend