logo
शुक्रबार, साउन २९ २०८३

एमाले अध्यक्ष ओली भोली (मंगलबार) गृह जिल्ला आउदै


  • कुइनेटो न्युज
  • सोमबार, कार्तिक २१ २०७९

कमल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली (मंगलबार) गृह जिल्ला आउने हुनुभएकोे छ । २ दिने कार्यक्रममा सहभागी हुन वहाँ भोली १ बजे झापा आउदै हुनुहुन्छ । नेकपा एमाले झापा क्षेत्र नम्वर ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार दुइ दिने कार्यक्रम अन्र्तगत ओली पहिलो दिन आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुनुहुने छ । मंगलबार २ बजे ओलीले बिर्तामोड सालबारीमा हुने २ नम्बर क्षेत्र स्तरीय आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीले बताउनु भयो । सोही दिन बेलुका दमक स्थित निवासमा कार्यकर्तासँग भेटघाट कार्यक्रम समेत रहेको छ । यस्तै २३ गते १२ बजे दमकको रोयल पार्टी प्यालेसमा बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । कांग्रेसका जिल्ला स्तरीय नेताहरु, जसपाका केन्द्र र प्रदेश स्तरीय नेताहरु त्यस अबसरमा प्रवेश गर्ने छन् । यस्तै माओवादीबाट नगर स्तरीय ठुलो संख्यामा कार्यकर्ता प्रवेश गर्ने सचिव कार्कीले जानकारी दिनुभयो ।
सोही दिन अध्यक्ष ओलीले दमक फन पार्कमा पहिलो मतदाता तथा सुभेच्छुक सँग ४ घण्टा बिताउनुहुने छ । । केपी बा विथ फष्ट भोटर्स नाम दिइएको सो कार्यक्रममा ओलीले सहभागीहरुसँग तस्वीर खिच्ने र अन्य सांगितिक कार्यक्रममा सहभागी हुर्ने कार्यक्रम रहेको छ । ओली २४ गते काठमाण्डौँ फकर्ने कार्यक्रम रहेको कार्कीले जाकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend