शिवसताक्षी । नेकपा एमाले झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका उम्मेद्वार एलपी साँवा लिम्बुले एमाले मात्रै देश विकास गर्ने इच्छा शक्ति भएको पार्टी रहेको बताउनु भएको छ ।
चुनावी घर दैलोका क्रममा उनले एमालेको सरकारले छोटो समयमा देशका प्रमुख कामहरु गरेको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरहरा, रानी पोखरी, गौतबुद्ध विमान स्थल, पोखरामा अन्तराष्ट्रिय स्तरको विमान स्थल, हुलाकी राजमार्गलगायत देशका लागि मुहार फेर्ने कामको सुरुवात गरेको जानकारी दिए । जनता आवाश कार्यक्रम मार्फत प्रत्येक स्थानीयतहका सुकुम्बासीलाई घर निर्माण गरदिएर घरबार विहीहरुलाई व्यवस्थापन गएिको थियो । एमालेको सरकारले स्वास्थ्य वीमा कार्यक्रम मार्फत निशुल्क उपचारको थालनी गरिएको वहाँले बताउनु भयो ।
उम्मेद्वार साँवाले भने, झापामा मात्रै हेर्ने हो भनेपनि गठबन्धन सरकारले केपी शर्मा ओलीले शुरु गरेका धेरै योजनाहरु काटिदिएका छन् । जुन अब एमालेको सरकार आएपछि मात्रै पुरा हुने देखिएको छ ।
वहाँले नेकपा एमालेको सरकारले केही समय कोरोनाका कारण काम गर्न नपाएको गुनासो गर्नु भयो । कोरोनाले गर्दा विकासका कामहरुमा बाधा पुग्न गयो । त्यसैले हामीले सुरुवात गरेका बाटा, पुल, कल्भर्डहरु केही अधुरा रहे । वहाँले परमआदेशबाट बनेको गठबन्धन सरकारलाई प्रतिप्रश्न गरे । गएको डेढ वर्ष यता के गरर्यो । जनता जान्न चाहान्छन् । गठबन्धन सरकारले अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध मात्रै गर्यो । यसले पनि पुष्टी हुन्छ, गठबन्धन सरकार देशलागि होइन विरोधका लागि मात्रै बनेको हो ।
देश विकास र दिगो शान्तिका लागि एमालेको सरकार नै जरुरी रहेको वहाँको भनाई थियो ।
एमाले सकारकामा रहुन्जेल देशमा तरलता नभएको उनले बताउनुभयो । गठबन्धनले देश चलाउन थालेपछि डिजेल, पेट्रोलको भाउ आकाशिएको छ । बजारमा महगी बढेको हामीले देखि राखेका छौ । सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई दिने तलब सम्म सरकारसँग नभएको भनिरहँदा उहाँहरुबाट देश विकास हुन्छ भनेर कसरी विश्वास गर्ने ।
मंगलबार प्रतिनिधि सभा उम्मेद्वार साँवा र क्षेत्र (२) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार राधाकृष्ण खनाले लगायत चुनाव प्रचार प्रसार समितिको टोलीले शिवसताक्षीको ८ नम्बर स्थित डुँडामारी चौक, सृजना चौक, सम्झाना चौक हुँदै झिलझिलेसम्म घर दैलो कार्यक्रम गरिएको हो ।
यसैगरी झापा निर्वाचन क्षेत्र नं.४ (१)ले निर्वाचत प्रचार प्रसार समितिको कार्यालय झिलझिलेमा उद्घाटन समेत गरेको छ ।