कमल । १ नम्वर प्रदेश सभा सदस्य दर्लामीको प्रहल झापा क्षेत्र नम्वर ४ मा २८ किलोमिटर भन्दा बढी सडक कालोपत्रे निर्माण भएको छ ।
झापा क्षेत्र नम्वर ४ (१)मा प्रदेश सभा सदस्य झलकसिंह दर्लामिले आफ्नो पाँच बर्षे कार्यकालमा शिवसताक्षी नगरपालिकाका र गौरीगंज गाउँपालिका विभिन्न सडक गरी २८ किलोमिटर सडक कालोपत्रे गरिएको हो ।
प्रदेश नम्वर १ का कृषि मन्त्री समेत रहनु भएका दर्लामिको विशेष पहलमा शिवसताक्षी नगरपालिकाका, गौरीगंज गाउँपालिका विभिन्न सडक कालोपत्रे भएको छन् । शिवसताक्षी नगर पालिकाको सताक्षीधाम, सेर्मा गाउँ, झिलझिले बजार, लालझोडा, धौलिचोक, सुब्बा बस्ति, फाल्गुनन्द चोक, हवल्दार चौक, जनता बजार, बिष्णु चौक र गौरिगञ्ज गाउँ पालिकाको देविगाडा, धानगाडा, चौरि बजार हुँदै सुदुर दक्षिण होकलबारि, झोडासम्म गरी जम्मा २८ किलोमिटर सडक कालोपत्रे भएको हो ।
त्यस्तै कतिपय सडक प्रदेश सरकारको बहुबर्षे योजना अन्तर्गत ठेक्कालागेको र सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
चौरिबजार उत्तरमा अवस्थित हुलाकि मार्ग देखि उत्तर र पुर्व–पश्चिम राजमार्ग देखि दक्षिणको भाग निर्माण कार्य सकिएको र हाल पुर्व–पश्चिम राजमार्ग उत्तरको खण्ड जंगलका कारण बिईएस (संक्षिप्त वातावरणिय अध्यायन) पास गरे पछि ठाउँ–ठाउँमा बक्स कल्भर्ट, होम्प पाईप निर्माण, प्रोटेक्सन वाल, रिटेनिङ वाल, ड्रेन, कजवे निर्माण, माटो फिलिङ, सव बेसको काम सम्पन्न भै सकेको छ भने कालोपत्रे गर्न तयारी अवस्था रहेको मन्त्रीका स्वकिय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिनुभयो ।
केहि समय पहिले सम्म कोलोपत्रे सडक हेर्नकालागी पुर्व पश्चिम राजमार्ग आउनु पर्ने हुन्थ्यो तर अहिले गाउँगाउँमा कालोपत्रे भएको छ । जसलेगर्दा गाउँमा उत्पादन भएको बस्तु शहर सम्म ल्याउन सहज भएको स्थानिय बताउछन् ।