दमक/
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री अहिले झापाको दमकमा हुनुहुन्छ । उहाँले यहाँ आयोजीत विभिन्न चुनावी भेला तथा सभाहरुमा पुगेर सम्बोधन गरिरहनु भएको छ । झापा क्षेत्र नं ५ को प्रतिनिधि सभाको उम्मेदवार समेत रहनु भएका ओलीले यस्ता सभा , सम्मेलन र भेलामा गएर आफ्ना चुनावी एजेण्डाका बारेमा त्यहाँ उपस्थित भएकाहरुलाई जानकारी गराउनु हुन्छ ।
यसै सन्दर्भमा अघिल्लो पटक पनि निकै चर्चामा आएको ओलीको रेलको योजनाका बारेमा यो पटक पनि उहाँले त्यहि नारालाई निरन्र्ता दिनु भएको छ ।
‘आफु प्रधानमन्त्री भएका बेला रेल मार्ग बनाउनकालागि पूर्व पश्चिम क्षेत्रमै सर्वे सम्पन्न गरेको र मुु-आब्जा दिएर काम सुरु गर्ने बेलामा गठबन्धन सरकारले अवरोध पुर्यायो ।’ ओलीले बताउनु भयो ।
ठाउँ ठाउँमा अहिले मु -आब्जाको समस्या छ । त्यो समस्यालाई समाधान गराएर नेपालीलाई रेल चढाएरै छाड्ने उहाँले आफ्नो महत्वकाक्षी लक्ष्य सुनाउनु भयो ।
‘दमकबाट रेल चढेर केहि घण्टामै पश्चिमको महाकालीमा पुग्न सकिन्छ ।’ ओलीले भन्नु भयो नेपालीलाई सरल र सहज यातायातको पहुँचमा पुर्याउन आफुले रेलको सपना देखेको र यसलाई पुरा गराएर छोड्ने अठोट राख्नु भयो ।
यसकालागि देखिएका विवाद र समस्यालाई मंसिर ४ को निर्वाचनपछि समाधान गरेर अघी बढ्ने उहाँको भनाई छ । अहिले पहिलो चरणमा जनकपुरमा रेल आइसकेको र त्यसलाई एउटा सपना पुरा हुने क्रमको थालनी भएको दृष्टिकोणबाट बुझ्न पनि उहाँले आग्रह गर्नु भयो ।