logo
शुक्रबार, साउन २९ २०८३

झापा ५ : गाउँ-गाउँमा सडक सौन्दर्य, नागरिकको जीवन स्तर बृद्धि गर्न मद्यत

"सडक सौन्दर्यकरण "


  • भुमीराज पराजुली
  • शनिबार, कार्तिक १२ २०७९

कमल /  झापाको कमल गाउँपालिकाको वडा नं २ स्थित समयगढको चोक । सडक कालोपत्रे गरिएको छ । छेउतीरकै सडक भन्दा यहाँ फराकिलो गरि बनाइएको छ । सडकको बिचमा डिभाईडर राखीएको छ । कङकृट डिभाईडर भित्र फूल रोप्न मिल्ने गरिको माटो हालेर पुरिएको छ । हरेक डिभाईडरको माथीबाट आकर्षक देखिने गरिको सडक बत्ती बालीएको छ । आकर्षक बिजुलीको पोल र बल्ब , फराकिलो र डिभाईडर सहितको सडकले यस क्षेत्रको सौन्दर्यता बढाएको छ ।
कुनैबेला हिलोले गद गद हुने यो सडक अहिले भने विकसित देशको चोक जस्तै देखिएको छ ।

पूर्व पश्चिम राजमार्ग स्थित रिजाल पेट्रोल पम्बबाट दक्षिण तर्फ झर्ने सडक सोलमारी सम्म कालोपत्रे छ । अर्थात समयगढ बाट उत्तर र दक्षिण जता जान पनि कालोपत्रे सडकले छोएको छ ।यो ठाउँको चोकमा बनाइएको सडक सौन्दर्यताले यो ठाउँलाईनै एक आकर्षक स्थल बनाउन मद्यत पुर्याएको छ ।

६७ करोड, ९३ लाख ७९ हजार ९ सय ९५ रुपैँयाको लागतमा यो सडक बनाउन ठेक्का लागेको हो । सडक निर्माण गर्नकालागि २०७५ साल बैशाख २ गते सम्झौता गरिएको थियो । सो सडक निर्माण सम्पन्न गर्न ५ वर्षको अवधि छ । अर्थात यसको म्याद सकिएको छैन । नेपाल सरकारको २० प्रतिशति र एसियाली विकास बैंकबाट ८० प्रतिशत बजेटको व्यवस्था गराएर तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीले यो सडकको सिलान्यास गर्नु भएको थियो ।

सिलान्यास गरेको बेला धुलाम्मे सडक , जताततै खाल्डा खुल्डी भएकोले आवत जावत गर्नै निकै सास्ती यस क्षेत्रका नागरिकले झेलेका थीए । अहिले सडक बनेको कारण किसानले आफ्नो उत्पादन बजार सम्म सहजै पुर्याउन पाएका छन् । कतिपय उत्पादन खरिद गर्न कृषकको बारीमै ब्यापारीहरु पुग्ने भएका कारण स्थानिय बासिन्दाको आय आर्जनमा पनि टेवा पुगेको कमल गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।

यो क्षेत्रका नागरिकको आवश्यकतालाई मद्यनजर गरेर कहाँ कस्ता सडक निर्माण गर्ने भन्नेबारेमा योजना छनौट गरि सडक निर्माण गरिएको यही क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा पूर्व प्रधानमन्त्री समेत रहनु भएका केपि शर्मा ओलीले बताउनु भयो । ‘विकासको पहिलो आधार पूर्वाधार नै रहेछ, सडक बनाएपछि अब यो क्षेत्रमा चहल पहल बढ्छ, किसानले आफ्नो फसलको मुल्य पाउने छन् । मुलुक समृद्धि तर्फ लम्कीने छ । ’ कुइनेटोन्युज सँग कुराकानी गर्दै ओलीले भन्नु भयो ‘ अझै पनि झापा ५ का कहाँ र कस्ता सडक चाहिएको छ , त्यसको अध्ययन भइरहेको छ । हामी ती आवश्यकतालाई पुरा गर्ने गरिका निती बनाउँछौ , श्रोत सुनिश्चित गर्छौ र काम थाल्छौ ।’

ओली यहि क्षेत्रबाट अघिल्लो पटकको निर्वाचनमा निर्वाचीत भएर प्रधानमन्त्री बन्नु भएको थियो । अहिले पनि यही क्षेत्रबाट प्रतिनिधीसभाको उम्मेदवार हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने निर्वाचनबाट यस क्षेत्रबाट निर्वाचित भएपछि प्रधानमन्त्री बन्ने र जनताका हरेक आवश्यकतालाई क्रमश पुरा गर्दै जाने लक्ष्य उहाँले लिनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend