झापा
अहिलेको गठबन्धन सरकारले रास्ट्रहितमा केही पनि काम नगरेको बताउदै पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ ।
शुक्रबार झापाको भद्रपुरमा मा आयोजित अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै ओलीले भन्नू भयो ” अहिलेको सरकारबाट राष्ट्रिय हितभन्दा बढी त्यस बिपरितका काम धेरै भएक छन । यसरि राष्ट्र र राष्ट्रियता बचाउनपनि अब नेकपा एमाकेकै सरकार बन्न पर्छ ”
एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ
सो कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताउनु भएको छ । आफ्नो पार्टीका सबै कार्यकर्ता तथा सुभ चिन्तकले भोट हाले मात्र राप्रपा अध्यक्ष लिङ्देनले जित्ने र त्यो काम गर्न ओलीले उर्दि नै जारी गर्नु भएको हो ।
हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भन्नू भयो ।