विर्तामोड । प्रविधिमैत्री शिक्षक समाज नेपाल (एसटीएफटी) जिल्ला समन्वय समिति झापा द्वारा चाडपर्व विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न सभएको छ ।
प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाको आयोजनामा सोमवार बिर्तामोड–२ स्थित श्री मोहनमाया माध्यमिक विध्यालयको सभाहलमा दीपावली (तिहार) तथा छैठ पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
एसटीएफटी जिल्ला समन्वय समिति झापाका अध्यक्ष टीकाप्रसाद सुवेदीको अध्यक्षता सम्पन्न कार्यक्रममा एसटीएफटीका केन्द्रीय अध्यक्ष भूपति बश्यालले एसटीएफटी स्थापनाको ऐतिहासिक पृष्ठभूमि देखि हालसम्म सस्थाले गरेका गतिविधिका बारेमा चर्चा गर्दै उपस्थित सबैमा तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी छविलाल बस्नेत, रीमा सुब्बा, लोकबहादुर खड्का, चण्डिकाप्रसाद उपाध्याय, खेमराज लिम्बू, शेरबहादुर श्रेष्ठ, माधव भट्टराई, धर्मेन्द्र भट्टराई, दिनेशप्रसाद आचार्य लगायतले चाडपर्व विषेश शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा मोती माध्यमिक विध्यालय कचनकवलका प्रधानाध्यापक छविलाल बस्नेत, शिवज्योति आधारभूत विद्यालय, चुलाचुली, इलामकी प्रधानाध्यापक श्री रीमा सुब्बा, मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री शेरबहादुर श्रेष्ठ त्यसैगरी म्याथ काउन्सिल झापाका सचिव श्री टेकनाथ गौतम , श्री लोकबहादुर खड्का, एसटीएफटी नेपाल केन्द्रीय प्राविधिक समिति सदस्य छविलाल पोख्रेल, एसटीएफटी प्रदेश नं. १ का प्रदेश सदस्य मदन अधिकारी र नारायण भट्टराई, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई, एसटीएफटी इलामका अध्यक्ष खेमराज लिम्बू, एसटीएफटी नेपालका केन्द्रीय सदस्य माधव भट्टराई, शिक्षा अधिकृत दिनेशप्रसाद आचार्य, एसटीएफटी झापाका कोषाध्यक्ष रुपनारायण बस्नेत, सदस्य विजयकुमार अधिकारी, डिकबहादुर लिम्बू लगायत जिल्ला समन्वय समिति झापाका पदाधिकारीहरू, महेन्द्र रत्न माध्यमिक विध्यालय कमल–२ शिक्षक टीकादत्त गौतम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एसटीएफटी झापाकी महिला उपाध्यक्ष मैया दाहालले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो भने सचिव तिलक गजमेरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।