logo
शुक्रबार, साउन २९ २०८३

केर्खा बाट लागुऔषध , मोटरसाइकल सहित २ जना मानिस प्रहरीको नियन्त्रण


  • कुइनेटो न्युज
  • मंगलबार, कार्तिक ८ २०७९

कमल । प्रतिबन्धित लागुऔषध र मोटरसाइकल सहित २ जना मानिसलाई प्रहरीले कमल गाउँपालिका ३ केर्खा बाट नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ शंका लागी चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित नगद फेला परेकोले प्रहरीले दुई जना मानिसलाई नियन्त्रणमा लिएको हो ।
मे.५ प.९८१८ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा नगरपालिका ९ बस्ने बर्ष २६ का अजय माझी र सोहि ठाउँ बस्ने वर्ष २८ का अर्जुन राजबंशीलाई चेबजाँच गर्दा उनिहरुको साथ बाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्राम सहित १६ हजार ८५५ रुपैया नगद फेला परेकोले मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend