logo
शुक्रबार, साउन २९ २०८३

उद्यमशील महिला जागरण केन्द्रको चौथो बार्षिक साधारण सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • शुक्रबार, कार्तिक ४ २०७९

कमल  । उद्यमशील महिला जागरण केन्द्रले आफ्नो चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
जनचेतनाको अभावका कारण समाजमा देखिने बिकृति र विसंगती , महिला हिंसा , बाल हिंसा, यौन शोषण,लागुपदार्थ दुव्र्यशनी झैँ झगडा लगायतका समस्यालाई न्युनिकरण उद्येश्यले २०७४ सालमा स्थापना भएको सस्थाले आफ्नो चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको हो
समाजमा देखीने विकृती र विसंगती लाई न्युनिकरण गर्न तालिम गोष्ठी तथा सेमिनारले मात्र सम्बृद;समाज निर्माण हुन सक्दैन यसकालागी लक्षित वर्ग छनौट गरी सिपमुलक, आयमुलक तथा व्यबसायमुलक तालिम प्रदानगरी तलिम प्राप्त व्याक्तिलाई रोजगारीको श्रृजना गर्न सकेमात्र समाजमा हुने विकृती र विसंगती क्रमस न्युनिकरण हुँदै जाने सस्थाले जनाएको छ ।
सस्थाले सस्थामा आवद्ध महिलालाई विभिन्न प्रकारका सिपमुलक तालिम प्रदान गरिरहेको छ । जस अन्तर्गत ढाकाका सामान निर्माण, अचार बनाउने, सेनेटरी प्याड निर्माण, ड्राईभिङ्ग,लैङ्गिक हिंसा विरुद्ध सचेतना सम्बन्धि तालिम,लागु औषध दुव्र्यसनी , महिलाहरुको नेतृत्व विकास, मानव अधिकार, कफि बनाउने लगायत १ दर्जन भन्दा बढी तालिम सन्चालन गरिरहेको छ ।
महिलाहरु विशेष गरेर घरायसी काममा नै बढी व्यास्त हुने गर्दछन् । आफ्नो व्यस्त समयलाई मिलाएर विभिन्न सिपमुलक तालिमा समावेस हुनु भनेको अत्यन्तै राम्रो हो । गाउँ पालिकामा रहेका बेरोजगार महिलालाई तालिम प्रदान गरेर रोजगारी श्रृजना गरेको छ यसले गाउँपालिकाको काममा एउटा ईटा थप्ने काम गरेको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँ पालिका वडा नम्वर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, चुलाचुली गाउँपालिका वडा नम्वर १ की महिला वडा सदस्य रामकुमारी राई र सस्थाका सल्लाकार यामनाथ दाहालले समाज रुपान्तरणमा सस्थाले गरेको कामको चर्चा गर्दै आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभकामना दिनु भएको थियो ।
सस्थामा हाल ९ जना सस्थापक ७३ जना अजिवन र २१७ जना साधारण सदस्य रहेका छन् जस मध्ये ८० जना महिला प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी गरिरहेका छन् । साधारण सभाको अवसरमा सस्थाले थप आठ जनालाई आजिवन सदस्यताको प्रमाण पत्र समेत प्रदान गरेको छ ।
कार्यक्रम सस्थाकी सचिव सिता शेर्पाले सन्चालन गर्नु भएको थियो भने सह सचिव नन्दकुमारी लिम्बुले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend