logo
शुक्रबार, साउन २९ २०८३

बिकासका सपना आज बिपनामा परिणत भएका छन्ः ओली


  • कुइनेटो न्युज
  • बिहिबार, कार्तिक ३ २०७९

दमक ÷ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपीशर्मा ओलीले नेपाली जनताले हिजो देखेका बिकासका सपना आज बिपनामा परिणत भएको बताउनुभयो ।
बिहीबार आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ताहरु सँगको भेटघाटको अवसरमा अध्यक्ष ओलीले उक्त बिचार ब्यक्त गर्नु भएको हो । हिजो आमसभामा गाउँगाउँ जादा गाडीमा नै फरुवा कोदालो सँगै लिएर जानु पर्ने अवस्था थियो । गाउँमा मात्र होइन शहर बजार क्षेत्रमा समेत सडक, पुल, लगायतका बिकासका पूर्वाधार थिएनन् । गाडी फस्ने हो त्यही उत्रिएर कोदादोले माटो काटेर बाटो बनाउदै हिड्नु पर्ने अवस्थाथियो । राती आमसभा या भेटघाट गर्दा बिद्युत बिस्तार भएको थिएन बक्तीको अभावमा पेट्रोमेक्स बालेर उज्यालो बनाएर काकार्यक्रम गर्नु पथ्र्यो । बिगतका चुनावको प्रचारलाई स्मरण गर्दै अध्यक्ष ओलीले अगाडी भन्नुभयो, अहिले देशैभरी बिकासले फड्को मारेको छ ।
एमालेको नेतृत्वमाभएको सरकारले तीनबर्षको आफ्नो कार्यकालमा बिकास के हो भन्ने कुरा गाउँगाउँ सम्म प्रमाणित हुने गरि पुगेको बताउनुभयो । त्यति वेला यो ठाउमा पक्कीपुल सडक निर्माण हाम्रो पालमा हुन्छ र भनेर सपना देखेका जनताकालागि अहिले बिकास बिपना जस्तै भएको छ अध्यक्ष ओलीले भन्नुभयो । गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्रकाकार्यकर्ता र स्थानीयलाई सम्बोधनगर्दै इच्छाशक्ति र अठोट भए देश बनाउन र विकास गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको बताउनुभयो ।
अध्यक्ष ओली नेकपा एमले बिचार नीति र कार्यक्रम प्रष्ट भएको पार्टी हो । देशलाई बिकासको चरण लान ५२ बर्ष अघि आफ्नो जुँगाको रेखी मात्रबसेको अवस्थामा नै प्रष्ट भएर राजनीतिमा लागेको हुँ । त्यसैले त्यति वेला बिभिन्न चरणका कस्टपुर्ण आन्दोलनका चरण पार गर्दै आएका थियौ । त्यसैले हाम्रो पार्टीले बिकास योजना र कार्यक्रम कसरी अघि बढाउने भन्ने प्रतिवद्धता पत्र आगामी १५ गते सम्ममा जनता समक्षल्याउने जानकारी दिनुभयो । उहाँले देशभर भूकम्पपीडितका ७ लाख बढी पक्की घर बनाएर जनतालाई सुरक्षित घरमा राख्न सफलभयो । हजारौं सरकारी भवन, सेनाको प्रधानकार्यालय देखि लिएर ठूलाठूला संरचना निर्माण गरिएका छन् । अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स समेत निर्माण गरिएको छ ।
आफूले सरकारको नेतृत्व गर्न पाउने वित्तिकै नयाँ ढंगले देशमाविकासको लहर र तरंग सृजना गरेको बताउनु भयोे ।
बिजुली, टेलिफोन, पक्की बाटो, पक्की पुलजनताको सपना रहेको भन्दै उहाँले ती सबै सपना विपनामा परिणत भएको स्मरण गराउनुभयो । रतुवामावामापुल, गाउँ–गाउँमा बाटा, विद्यालयभवन, क्याम्पस भवन, भ्यूटावर, कृषिको आधुनिकीकरण गर्ने, नयाँ–नयाँ ढंगले विकासका काम अघि बढाइएको बताउनुभयो ।
एमालेको उद्देश्य देश बनाउनु भएको भन्दै उहाँले हिमाल,चट्टान,हिमताल, नदीनाला, बोटबिरुवा, जडिबुटी सबै थोक भएको देश नेपाललाई बनाउने अभियानमा एमाले लाग्ने बताउनु भयो ।अध्यक्ष ओलीले बिहीबार झापाको दमक नगरपालिका ३ स्थित आमचौक र कमल गाउँ पालिकाको केर्खामा भएका दुइवटा कार्यक्रममा कार्यकर्ता तथा स्थानीय बासिन्दालाई सम्बोधन गर्नु भएको थियो । त्यसपछि अध्यक्ष ओली आजै अपरान्ह्र काठमाण्डौ फर्कनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend