दमक÷ झापाको कमल गाँउपालिकामा निर्माणाधिन रहेको आदिबासी रंगशालाको बिषयमा एमालेका नेता तथा उम्मेद्वारहरुले फैल्याईएको भ्रम चिर्दै रंगशाला बनाई छाड्ने बताएपछि यसलाई गठबन्धनका नेता कार्यकर्तादेखि उम्मेद्वारहरुसम्मले भ्रम फैल्याउन शुरु बताएका छन् ।
आगामी मंसिर ४ गते सम्पन्नहुने प्रतिनिधी सभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरे प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले मंगलवार दमकका गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेका नेता तथा झापा क्षेत्र नम्वर ५ (१) का उमेद्वार हिक्मत कार्कीले बताउनु भएको हो ।
दमकमा मदन भण्डारी रंगशाला र कमल गाँउपालिकामा आदिबासी रंगशाला बनाउने स्पष्ट रुपमा एमाले नेताहरुले बताएपछि चुनावी मसला के बनाउने भनेर गठबन्धनका उम्मेद्वारहरु भ्रम छर्न थालेको समेत कार्कीले बताउनु भयो ।
कमल गाउँपालिका वडा नम्वर ५ मा रहेको आदिबासी रंगशाला निर्माणकालागी आफ्नै पहलमा एक करोड बजेट विनियोजन भएको बताउदै अहिले जस लिन खोज्नुमा सत्यता नरहेको बताउनु भएको छ । यसका साथै आफ्नो निर्वाचन क्षेत्र मा पर्ने गौरिगंज बजारलाई स्मार्ट सिटी , छोटी भन्सारको स्तर उन्नतीको प्रकृया अगाडी एमालेको सरकारले अगाडी बढाएकोले आफु निर्वाचित भएपछि त्यसलाई पुरा गर्ने समेत कार्कीले बताउनु भयो ।
भष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउर्दै दमकको समग्र विकासमा आफु हिजो देखी लागेको अव निरन्तर लाग्ने एमालेका तर्फ बाट झापा क्षेत्र नम्वर ५ (२) का उमेद्वार होम थापाले बताउनु भयो । त्यस्तै एमाले सरकारको पालामा सुरुगरेको सुकुम्वासी समस्या तथा लखनपुर स्थित प्रादेशिक आयुर्वेदिक अस्पतालमा आवश्य जनशक्ति पुरागर्ने समेत थापाले बताउनु भयो ।
एमाले सरकारमा हुदा जनताका न्युनतम आवश्यकता देखी देशमा गौरवका योजना समेतको निर्माण सुरु गरेको थियो तर पछिल्लो समय परमादेशको गठबन्धन सरकार सबै योजना कटौती गरेपछि अहिले साना ठुला सबै योजना अलपत्र परेका छन् त्यसैले ति योजना पुरा गर्न समेत नेकपा एमालेको बहुमतको सरकार अवश्यक पर्ने भएकोले आगामी मंसिर ४ गतेहुने प्रतिनिधी र प्रदेश समा सदस्यको निर्वाचनमा एमालेका उमेद्वारलाई विजय गराउन एमाले पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले बताउनु भयो ।