logo
शुक्रबार, साउन २९ २०८३

झापाका तिन जनालाई राप्रपा बाट निस्काशन


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक २ २०७९

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा पार्टीको निर्देशन विपरित गएका भन्दै ३ जनालाई पार्टी बाट निस्काशन गरेको छ। झापा निर्वाचन ख्स्त्र नम्बर ४ मा पार्टीको निर्देशन अवज्ञा गर्दै उम्मेद्वारी दिने खुस्बु ओली, क्षेत्र नम्बर १ (ख) मा आफ्नै उम्मेदवार सविना बजगाईं विरुद्द उम्मेद्वारी दिने कल्याण खड्कालाई पार्टीको साधारण सदस्य नरहने गरि निस्काशन गरिएको हो। पार्टी भावना विरुद्द अनधिकृत गतिविधि गरेको भन्दै कन्काई नगरपालिकाका श्याम ओली निलम्बनमा परेका छन्।
झापामा एमाले र राप्रपा बीच तालमेल भएको छ। तालमेल विरुद्द गतिबिधि गरेको र झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिंग्देन बिरुद्द उम्मदेवारी दिएकोमा एमालेले यस अघिनै एमाले झापा जिल्ला सचिवालय सदस्य समेत रहेका डम्बर गिरिलाई साधारण सदस्यता समेत खोसी सकेको छ।   त्यस्तै अनधिकृत गतिविधि गर्ने झापाका केहि कार्यकतालाई समेत एमालेले कारवाही गरि सकेको छ।

यस्तो छ राप्रपाको विज्ञप्ति

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend