logo
शुक्रबार, साउन २९ २०८३

ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक २ २०७९

बिर्तामोड । कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुनुहुनेछ । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनुहुनेछ ।

यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा उहाँ सहभागी हुन सक्नुभएको थिएन । तर, आज स्वास्थ्य अवस्था ठिक भएकोले सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend