logo
शुक्रबार, साउन २९ २०८३

श्री हाम्रो हातेमालो कृषि सहकारी सस्था लि.को एघारौं बार्षिक साधारण सभा सम्पन्न

उत्पादनका साथै पोषण र वातावणमा समेत ध्यान दिनुपर्ने


  • उमानाथ भण्डारी
  • आइतबार, असोज ३० २०७९

कमल । १ नम्बर प्रदेशका कृषि मन्त्रलयका सचिव मेघनाथ तिम्सिनाले अबका दिनमा कृषकले कृषि उत्पादनका साथै पोषण र वातावणमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।
शिवसताक्षी नगरपालिका १ धरमपुर स्थित श्री हाम्रो हातेमालो कृषि सहकारी सस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभाको शुभकामना मन्तव्यका क्रममा तिम्सिनाले सो कुरा बताउनु भएको हो ।
अबको दिनमा उत्पादन बढाउन आवश्यक छ तर उत्पादन सगसंगै उत्पादित बस्तु पोषण युक्त हुन उत्तिकै आवश्यक छ । हाम्रा अग्रजहरुले गुणस्तर खाध्य बस्तु खाएकै कारणा निरोगी रहेका थिए तर आज उत्पादन बढाउने निउँमा प्रयोग गरिने विभिन्न रसायनिक मल तथा विषदीका कारण क्यान्सर जस्ता भयानक रोग बाट हामी पिडित भएका छौ भने अर्को तर्फ रसायनिक मल तथा विषदीका कारणले हाम्रो वरीपरीको वातावरणलाई समेत असर पुर्याएको तिम्सिनाले बताउनु भयो ।
त्यस्तै कृषि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ धान मकैको अभावका कारण कतिपय उद्योग बन्दहुने अवस्थामा पुगेकाछन् अबका दिनमा उत्पादनमा बृद्धि गर्ने बेला आएको छ । उत्पादन बृद्धिकालागी आवश्यक सहयोग गर्न प्रदेश सरकार जहिलै तयार रहेको समेत तिम्सिनाले बताउनु भयो ।


साधारण सभामा सस्थाले गरेका सम्पुर्ण गतिविधी सदस्यलाई जानकारी गराईन्छ । यस विषयमा सदस्यले ध्यानदिएर सुनेर सुझाव दिनु पर्नेहुन्छ । सस्था द्वारा सन्चालन गरिएका विभिन्न कार्यक्रम र आगामी दिनमा सन्चालन गरिने योजना सदस्यका हितमा छन् कि छैनन् यो मुख्या कुरा हुन्छ । सहकारीले सहिले पनि सदस्य केन्द्रित कार्यक्रम सन्चलन गरेमात्र सफलहुने भएकोले यस विषयमा सदस्यले सुझाव दिनुपर्ने साधारण सभाको उद्घाटन पछि आफ्नो शुभकामना मन्तव्यका क्रममा शिवसताक्षी नगरपालिका नगर प्रमुख मेघहाङ्ग थोप्राले बताउनु भयो ।
नगरले कृषि उत्पादनलाई बृद्धी गर्नकालागी सिचाई सुविधा दिने योजना ल्याएको छ । कन्काई नहर बाट सिचाईहुन नसकेका क्षेत्रमा सिचाई सुविधा दिनकालागी नगरपालिकाले ४ सय वटा मोटर वितरण गर्ने प्रस्ताव आहन गरेपनि अहिले सम्ममा एक सय ७६ जनाको मात्र आवेदन परेको जानकारी गाराउदै आवश्यक पर्ने कृषकले तुरन्तै आवेन पेश गर्न नगर प्रमुख थोप्राले जानकारी गराउनु भयो । त्यसैगरी कृषिको उत्पादन बृद्धीकालागी संघ र प्रदेश बाट प्रशस्तै योजना छन् तर जब कृषकले उत्पादन गर्दछन् त्यो बस्तुले बजार पाउदैन् यो ठुलो समस्या छ । यसकालागी संघ र प्रदेश सरकारले बजारीकरणमा समेत ध्यानदिन आवश्यक रहेका नगर प्रमुख थोप्राले बताउनु भयो ।

समुदायमा छरिएर रहेको सानो पुँजी तथा श्रम र सीपलाई एकिकृत गर्दै समुदाय र समुदायका सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउन कृषिको क्षेत्रमा सकेको योगदान पुर्याउने उद्येश्यीय लिएर २०६८ सालमा सस्था स्थापना भएको हो ।
११ औ वार्षिक साधारण सभा सम्म आईपुग्दा सस्थाको कुल शेयर पुँजी १ करोड १६ लाख ६८ हजार रुपैया पुगेको छ । निक्षेप संकलन ८ करोड ६७ लाख ८० हजार २९८ रुपैया , कर्जालगानी तर्फ ४ करोड ३६ लाख ४९ हजार ९४० रुपैया रहेको छ भने सस्थाले २२ लाख ४२ हजार १७५ रुपैया खुद नाफा गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिलेको जस्तो विसंम परिस्थितीमा सस्थामा आवद्ध सदस्यलाई १० प्रतिशत लाभाशं वितरण गर्न सस्था सफल भएको छ ।
सस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा १ नम्बर प्रदेशका कृषि मन्त्रलयका सचिव मेघनाथ तिम्सिना र कृषि निर्देशनालयका निर्देशक प्रकार कुमार डाँगीलाई सम्मान गरिएको थियो भने सस्थाले सन्चालन गरेका विभिन्न कार्यक्रममा उत्कृष्ट एक दर्जन भन्दा बढी बचतकर्तालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम सस्थाका सचिव तेजेन्द्र घिमिरेले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष लयप्रसाद गौतमले शाब्दिक शब्द द्वारा स्वगत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend