कमल । कमल उद्योग वाणिज्य संघको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन बाट विरेन्द्र अधिकारी अध्यक्षमा सर्व सम्मत निर्वाचि हुनुभएको छ ।
त्यसैगरी उद्योग उपाध्यक्ष अमल श्रेष्ठ, वाणिज्य उपाध्य भुवन चौलागाँई,महासचिव युवराज पाठक , उद्योग सचिव सन्तोस राई, वाणिज्य सचिव कृष्णप्रसाद ओझा र कोषाध्यक्ष भगिरथ रिजाल सम्र्वसम्मत निर्वाचित हुन भएको निर्वाचन समितिका संयोजक चक्र बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
त्यस्तै समितीको सदस्यमा छत्रपती खनाल, अशोक कार्कि,रिजु कार्कि ,जनक प्रसाद भण्डारी ,देबिमाया नेपाल र शान्ता उप्रेती (दाहाल) समेत सर्व सम्मत निर्वाचित हुनुभएको गुरुङ्गले बताउनुभयो ।

संघका अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ,वरिष्ठ ,उपाध्यक्ष गोपाल गुरागाँई, प्रहरीचौकी केर्खाका ईन्चार्ज सुवाश मिश्र ,पुर्व अध्यक्ष यामनाथ दाहाल लगायतले साधारण सभा सफलताको शुभकामनाका साथै नवनिर्वाचित कार्यसमितीलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम संघका सचिव विरेन्द्र अधिकारीले सन्चालन गर्नु भएको थियोभने उपाध्यक्ष युवराज पाठकले शाब्दिक शाब्द बाट स्वागत गर्नु भएको थियो ।