कमल। देशलाई समृद्ध बनाउनु छ भने उर्जाक्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्छ ।
सो कुरा नेपाललकालागी मरिसशका महावाणिज्य दुत तथा उर्जा उत्पादक संघ (ईपान) का उपाध्यक्ष गणेश कार्कीले हिमशिखर टेलिभिजनको नियमित प्रशारण हिमशिखर टक शो संगको अन्तरर्वार्ताका क्रममा बताउनु भएको हो ।
नेपालमा उर्जा उत्पादनको अत्यन्तै ठुलो सम्भावना छ । सरकारले ईनर्जी उत्पादनमा ध्यान दिने हो भने यसै बाट देश समृद्धी हुने बताउनु भएको हो ।
नेपालमा ८३ हजार मेघावट विद्युत उत्पादन गर्न सकिने क्षमता भनिएतापनि अहिले २ हजार २ सय मेघावट मात्र विद्युत उत्पादन भै रहेको छ । हिउँदको समय यो उत्पादन अझ कमहुने गरेको छ । तर आगामी ३ वर्ष भित्रमा (२०२५)
हामी संग विदेशी मुद्रा आर्जन गर्ने भनेको वैदेशीक रोजगार र पर्यनक्षेत्र हो तर कोभिडका कारण त्यो व्यवसाय पनि कमजोर हँदै गएको छ । त्यसको विकल्प र लामो समय सम्म नियमित रुपमा विदेशी मुद्रा आर्जन गर्ने भनेकै विद्युत विक्री बाट हो तर यसकालागी सरकारले वातारण बनाउनु पर्ने कार्की बताउनुहुन्छ ।

एउटा विशेष कार्यक्रममा कमल नगर जेसीजको टिम संग कार्की
सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ अहिले पेट्रोल, डिजेल र एलपी ग्यास भन्दा सरकारले विद्युत खपतमा छुट दिनु पर्छ एलपी ग्यासमा सरकारले छुट दिर्दै आएको अनुदान बन्द गरिनुपर्छ भने त्यसको बदलामा विद्युतिय सवारी साधनमा करछुट गर्नुपर्छ भने ठाउँठाउँमा चार्जिङ्ग स्टेनसन बनाउनु पर्छ , खाना पकाउनकालागी इन्डक्सन चुलो लगायत विद्युतिय उपकरणमा सरकारले छुट दिएर विद्युत खपत बढाउनु पर्छ जसका कारण वार्षिक रुपमा ५० अरब भन्दा बढी रकमलाई विदेशीन बाट रोक्न सकिने कार्कीले बताउनुभयो ।
सरकारको स्थाईत्व नभएका कारणले पनि अहिले कतिपय उद्योग धारासायी बन्दै गईरहेका छन् । हिजो सम्म ७ प्रतिशत व्यजमा काम गरिरहेका उद्योगले अहिले १६ प्रतिशत व्याज धान्नु परेको छ । सरकारले उद्योगीलाई वातावरण बनाई दिने हो तर त्यो वातावरण नभएका कारणले पनि अहिले समस्या बढ्दै गएको वहाँ बताउनुहुन्छ ।
निजीक्षेत्रले राज्यलाईलाई धेरै ठुलो सहयोग गरेकोछ विद्युत उत्पादन केन्द्र सम्म पुग्नकालागी देशभरमा लगभग २५० देखी ३०० किलोमिटर सम्म सडक निर्माण गरेका छौ यसमा खरवौं रकम खर्च भएको बताउदै निजी क्षेत्रले राज्यलाई फाईदा हुने धेरै काम गरेको छ ।
पैसा मात्र कमाउने उद्देश्य भएको भए अन्य धेरै क्षेत्र थिए तर राज्यलाई पनि केहि गरौं भन्ने उद्देश्यले यस क्षेत्रमा लागेको र केहि गरेकोमा आफुलाई गर्भ लागेको समेत कार्कीले बताउनु भयो ।