logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले जनसंगठनकाे दशै शुभकामना


  • मनकुमार गदाल
  • शुक्रबार, असोज १४ २०७९

    1. दमक,
      नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठन निर्वाचन परिचालन समितिले आज वडादशैं शुभकामना कार्यक्रम दमकमा सम्पन्न गरेको छ ।
      एमालेको जनसंगठन परिचालन समितिले दमक क्षेत्रका नेता ,कार्यकर्ता र सर्वसाधारण सहभागी भएर वडादशैं, तिहार, छैठ पर्वको शुभकामना आदान प्रदान गरिएको हो । जनसंगठन निर्वाचन परिचालन समिति दमकका संयोजक तथा एमाले झापा जिल्ला कमिटी सदस्य गणेश बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय देखि वडा र टोल सम्मका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएर आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेलाई जिताउन समुह र ब्यक्तिगत रुपमा पनि संकल्प गर्दै शुभकामना आदान प्रदान गरेको एमाले दमक नगर अध्यक्ष गेह्रनाथ पोखरेलले जानकारी दिनु भयो ।
      केर्खा विक्रस प्रालि झापाली इटाको सहयोगमा भएको कार्यक्रम एमाले जिल्ला कमिटी झापाको अध्यक्ष दिपक कार्कीले मंसिर ४ गते निर्वाचनमा एमालेलाई बहुमतले जिताउन अभियान लिएर गाउँ टोल सम्मका जनताको घरमा पुग्न निर्देशन दिनु भयो । पार्टीमा देखिएरका अन्तर दन्द्धलाई मंसिर ४ पछि छलफल बहस गरौला अहिले भने निर्वाचनमा आम मतदानलाई आर्कषण गर्न उहाँले जोड दिनु भयो ।
      कार्यक्रममा दमक नगर पालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीले लगायतले सतकर्मका साथ नेपालीहरुको महान चाड दशैको शुभकामना मन्तब्य राख्नु भएको पार्टीको नगर उपसचिव सन्तोष दुलालले जानकारी दिनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend