logo
शुक्रबार, साउन २९ २०८३

मेची सामुदायिक सिकाई केन्द्रको चाडपर्व लक्षित शुभकामना आदान प्रदान


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज १४ २०७९

कमल, । पुर्वाधार विकासलाई मात्र विकास भन्न सकिदैन विकास गर्नु पर्छ भने सबैभन्दा पहिले मानव जिवन संग प्रत्यक्ष सरोकार खाख्ने शिक्षा, स्वस्थ्य, खानेपानी, पुर्ण खोप , बाल मैत्री स्थानियतह ,अपाङ्ग मैत्री लगायतका मानविय संसाधनको विकास गर्नु पर्ने कार्यक्रममा सहभागीले बताउनु भएको छ ।
कमल गाउँपालिका कमल गाउँपालिका २ क्याम्पा स्थित कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयको सभाहलमा मेची सामुदायिक सिकाई केन्द्रले नजिकिदै गरेका चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमका सहभायीले यस्तो बताउनु भएको हो ।
अहिले जनप्रतिनिधीले विकास भनेको सडक,पुल र कल्भट निर्माणलाई मात्र बुझिरहेकाछन् यसले मात्र विकास संभव हुदैन विकास भनेको समग्र मानव संसाधनको विकास हुन आवश्यक छ । समग्र मानव संसाधनको विकास भएमात्र समाज परिर्वन हुन्छ तव मात्र जनताले सरकार भएको अनुभुतीगर्ने समेत कार्यक्रममा सहभागीले बताउनु भएको हो ।
नेपालको संविधान र नेपालको कानुन बमोजीम स्थानिय तह का साथै नेपाल सरकारका प्रतिनिधी सस्थाहरु संग साझेदारी गर्दै समाज रुपान्तरणकालागी सिकाई केन्द्र अगाडी बढी रहेने क्रममा मेचि सामुदायिक सिकाई केन्द्र समेत अगाडी बढि रहेको देख्दा आफुलाई खुशीलागेको विराट सामुदायिक सिकाई केन्द्र विर्तामोडका अध्यक्ष रुद्र सिटौलाले बताउनुहुन भयो ।
स्थानियतहले सन्चालन गर्ने कतिपय कार्यक्रम केन्द्र मार्फत सन्चालन गर्ने र जनप्रतिनिधीले त्यसको अनुगमन गर्ने हो भने त्यस्ता कार्यक्रम लक्षित वर्ग सम्म पुग्ने भएकोले प्रभावकारी हुन सिटौलाले बताउनु भयो ।
कमल गाउँपालिकाको शिक्षालाई परिमार्जित गर्दै संमृद्ध कमल गाउँपािलका बनाउनमा सिकाईकेन्द्र को महत्व पुर्ण भुमिका रहने छ । आगामी दिनमा केन्द्र सगको सहकार्यमा कार्यक्रम सन्चालनका लागी गाउँपालिकाको तर्फ बाट सक्दो सहयोग गर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले प्रतिवद्धता जनाउनु भयो ।
२०४५ सालमा यस क्षेत्रमा श्रोत व्याक्तिको रुपमा आफुले काम गर्दाको समाज र अहिलेको समाजको अवस्था धेरै परक परेको रहेछ । यसमा सिकाई केन्द्रको भुमिका महत्वपुर्ण रहेको आफुले अनुभव गरेको शनिश्चरे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मोहन ओलीले बताउनु भयो ।
सामुदायिक सिकाई केन्द्र बाट कमल गाउँपालिकामा विपन्न वर्गकालागी प्रशस्तै कामहरु भएकाछन् । सूरुमा जनप्रतिनिधी नभएको अवस्था नेपाल सरकारको प्रतिनिधी सस्थाको रुपमा सिकाई केन्द्रले समाज रुपान्तरणकालागी धेरै कामहरु गर्दै आईरहेको केन्द्रका अध्यक्ष मात्रिका नेपालले बताउनु भयो ।
नेपाल सरकारको अंगको रुपमा कामगर्दै आएका सिकाई केन्द्र हाल नेपालमा दर्ता भएका २ हजार एक सय मध्ये २९ वटा झापामा छन् ।समाज रुपान्तरणकालागी विभिन्न गतिविधी गरिरहेका त्यस्ता सस्था संग स्थानिय तहले सहकार्य गर्न सके समाजमा अझधेरै कामगर्न सकिने सहभागीले बताउनु भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईराला, शिक्षाशाखा प्रमुख सुर्यप्रसाद न्यौपाने, शिक्षाकालागी अभियान नेपालका अध्यक्ष अर्जुन पाठक, शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल , शिक्षक संघ कमलका अध्यक्ष हेमकुमार श्रेष्ठ,विध्यालयका प्रध्यानाध्यापक तथा शिक्षक,प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो, प्याव्सन कमल अध्यक्ष बदीराम राई लगायत कमल गाउँपालिकामा रहेका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
केन्द्रका सचिव दुर्गा प्रसाद नेपालले सन्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष लैनबहादुर पौडेले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend