logo
शुक्रबार, साउन २९ २०८३

सर्वश्वरी कृषि सहकारी छैटौं वार्षिक साधारणसभा सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, असोज ९ २०७९

  1. दमक ।
    सर्वेश्वरी कृषि सहकारी संस्था लिमिटेडले आज दमकमा छैठौं साधारण सभा सम्पन्न गरेको छ। सर्वेश्वरीको साधारण सभामा संस्थामा कारोवार गर्ने मध्ये उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
    दमक उधोग वाणिज्य संघको हलमा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी ,बचतकर्ता , बाल बचतकर्ता लगायतलाई पुरस्कृत गरिएको छ । कर्मचारी तर्फ संस्थाको बजार प्रतिनिधि रविमाया राई ,बचत तर्फ फौदसिंह राई ,राजकुमार भटराई,माई क्याफे कफी एण्ड फुड दमक ६, उत्कृष्ट कारोवार तर्फ कोपिला राई र रजित राईलाई प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था विर्तामोडका अध्यक्ष नारायण प्रसाद गौतमले पुरस्कृत तथा सम्मान गर्नु भयो ।
    यसै गरी उत्कृष्ट बाल बचत तर्फ मोहित श्रेष्ठ र लिला मजुमदारलाई पुरस्कृत गरिएको ब्यवस्थापक उत्तम राईले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका सञ्चालक सदस्य गौतमले केही सहकारी संस्था धरासायी भयो भने हल्लाको भरमा नकुदन आग्रह गर्दै विग्रिनु को कारण पत्ता लगाउन अनुरोध गर्नु भयो ।
    कार्यक्रममा राष्ट्रिय सहकारी बैक दमकका प्रमुख मुना केसी, दमक ६ नम्वरका वडा सदस्य कमल श्रेष्ठ, संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङ लगायतले सहकारी संस्था मजबुद बनाउन शेयर सदस्यहरुले खबरदारी गर्नु पर्ने बताउनु भयो । दमक ६मा रहेको कार्यक्रममा संस्थाका अध्यक्ष सन्तकुमार राईले अध्यक्ष प्रतिवेदनले प्रस्ततु गर्नु भएको संस्थाका सञ्चालक समिति सदस्य हरि बहादुर राईले जानकारी दिनु भयो । आजै विहान संस्थाका शेयर सदस्यहरुले रक्तदान गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend