logo
शुक्रबार, साउन २९ २०८३

मंसिर ४ गते हुने चुनाव नेपाली जनताले अवसरका रूपमा लिनुपर्ने : अध्यक्ष ओली


  • मनकुमार गदाल
  • आइतबार, असोज ९ २०७९

दमक ,
आउदो मंसिर४गते हुने निर्वाचनलाई नेपालीले जनताले अवसरको रुपमा लिनु पर्नेþ नेकपा एमाले अध्यक्ष केपी ओलीले बताउनु भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र न ५झापाले आज दमकमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन नभएर ठगबन्धन सरकारलाई हराउन मंसिर ४ गतेको निर्वाचनलाई जनताले अवसरको रुपमा लिनु पर्ने बताउनु भएको छ । क्षेत्रीय समन्वय कमिटी झापा क्षेत्र नं ५का संयोजक तुलसी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पार्टी ओलीले एमालेलाई जिताएर रोकिएको मुलुक विकास समृद्धिको यात्रालाई अघि बढाउन एमालेलाई मतदान गर्नु पर्ने बताउनु भएको हो ।
एमालेको सरकार बनेपछि जन्मसिद्ध नागरिकताको समस्या एक महिना भित्र हल हुने नेता ओलीले बताउनु भयो । अहिले पनि ठगबन्धन सरकारको दम्मका कारण नागरिकता विधेयक संशोधन नहुदा समस्या जहाँको त्यही रहेको उहाँले बताउनु भयो । ५ वर्ष भित्र सुकुम्वासीहरुको धनीपुर्जा लगायतका समस्या अन्त हुने नेता उहाँको भनाई छ । स्वास्थ्य विमाको प्रसङ उठाउदै अहिलेको सरकारले स्वास्थ्य विमा बन्द भएको घोषण नगरे पनि ब्यवहारमा बन्द गरेको नेता ओलीले आरोप लगाउनु भयो । कार्यक्रममा नेकपा एस प्रदेश न१ का सदस्य,सशस्त्र प्रहरी वल नेपालका पूर्व एस.पी.भरत बाबु कार्की एस पार्टी परित्याग गरेर एमालेमा गर्नु भएका छ । उहाँलाई अविर र खदा लगाएर एमाले पार्टीमा अध्यक्ष ओलीले स्वागत गर्नु भएको थियो । कार्की सहित ८ सय बढी झापा निर्वाचन क्षेत्र ५ भित्रको नेपाली काग्रेस , एस , माओवादी ,राप्रपा,स्वतन्त्र ब्यक्तिहरु एमालेमा प्रवेश गरेको एमाले क्षेत्रीय समन्वय कमिटीले जनाएको छ ।
नव प्रवेशी कार्कीले पार्टी प्रवेश पछि बोल्दै एस पार्टीमा एक वर्ष बसेर ठूलो गल्ती गरेको बताउदै एस पार्टीले २६ बुद्धे आफनो प्रश्नको उत्तर दिन नसकेपछि एमालेमा प्रवेश गरेको बताउनु भयो । गठबन्धनले शुरु जनतालाई दिएको आश्वसनले मुलुक र जतनाले धोका पाएको कार्कीले गुनासो गर्नु भयो । एक साता अघि एमालेमा प्रवेश गर्नु भएका नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले आफू प्रहरी प्रमुख हुदा फटाहाहरुलाई तह लगाएको बताउदै अव राजनीतिक फटाहालाई तह लगाउन एमालेमा प्रवेश गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पार्टी केन्दीय सदस्य तथा उधोग विभागका उप संयोजक दुर्गा प्रसाईले विदेश पलायनलाई रोक्न उधोग सञ्चालन गर्नु पर्ने,मिहिनेत गरेर खानु पर्ने बताउदै पार्टी प्रवेश गर्ने युवा विधालय लगायतका ब्यक्तिहरुलाई पार्टी प्रवेश पछि कुनै पछुतो हुन नदिने बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend