logo
मंगलबार, कार्तिक ११ २०८३

इकमका विद्यार्थीलाई मेगा वैंक नेपाल बिर्तामोडको वित्तीय साक्षरता


  • कुइनेटो न्युज
  • शनिबार, असोज १ २०७९

बिर्तामोड । मेगा वैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई बचत, लगानी र कर्जा लगायत विभिन्न बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा वैंक नेपाल बिर्तामोड शाखाले वित्तीय साक्षरता प्रदान गरेको मेगा वैंक नेपाल बिर्तामोड शाखाका रिलेसनसीप म्यानेजर प्रमोद ढकालले जानकारी दिनुभयो ।
बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वैकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको उनले बताउनुभयो ।
इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम) मा कक्षा ११ र १२ मा अध्ययनरत् एक सय भन्दा वढी विद्यार्थीलाईहरुलाई मेगा वैंक नेपाल बिर्तामोड शाखाका प्रवन्धक दिनेश पनेरुले वित्तीय साक्षरता प्रदान गरेको उनले जानकारी दिए ।
कार्यक्रममा मेगा वैंक नेपाल बिर्तामोड शाखाका प्रवन्धक दिनेश पनेरुले मेगा वैंकका बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत गर्ने तरिका र बचत गर्दा हुने फाइदा , कर्जा प्रक्रिया, वित्तीय जागरण,चेक लेख्ने खिच्ने, भौचरको प्रक्रिया र एटीएम प्रविधि जस्ता वित्तीय कारोबारका प्रक्रिया लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम) का आलोक कार्की , निर्मल निरौलालगायतले विद्यार्थीहरुलाई वित्तीय सारक्षता गराइदिएकोमा मेगा वैंक नेपाल बिर्तामोड शाखालाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरता प्राप्त गरेर मेगा वैंकका बैंकिङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताउनुभयो ।
मेगा वैंकले बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा वैंक नेपाल बिर्तामोड शाखाका प्रवन्धक दिनेश पनेरुले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend