दमक । नेपालको पुर्बी क्षेत्रको शिक्षामा वर्चस्व कायम गरेको झापा दमक ६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले एक कार्यक्रमका बिच २०७९ मा कक्षा ११ मा भर्ना हुने बिद्यार्थीहरुको स्वागत तथा रास्ट्रीय परिक्षा बोर्डले २०७८ मा लिएको कक्षा १२ को परीक्षामा उतिर्ण बिद्यार्थीहरुलाई विदाइ गरेको छ ।
सो कार्यक्रमा कक्षा ११ को बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिज्ञान सन्कायका चारुन पराजुली ,उत्सव गौतम र उत्तम खड्का, ब्यवस्थापन सन्कायका भूमिका रोक्का ,बिपिन रिजाल र दिपेश कट्टेल तथा मानबिकी सन्कायका अन्जु कुमारी राजवंशी , सन्ध्या राजवंशी र नवराज थापा यसैगरी बोर्डले सन्चानल गरेको कक्षा १२ मा जिल्लाकै उत्कृष्ट हुने बिज्ञान सन्कायका अनुपम सुवार ,अनुप खनाल र आर्यन थापा , ब्यवस्थापन सन्कायका अभिषेक खनाल र आकाश कार्की लगायतलाई जनही ६०००,४००० र ३००० नगद सहित प्रसंशा पत्र प्रदान गरेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले आ आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
विद्यालयले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराई रहनु भएको थियो भने बिशिष्ट अतिथिहरु रास्ट्रीय परीक्षा बोर्ड १ नम्बर प्रदेश उप निर्देशक जीवन गड्तौला र दमक ६ नम्बर वडाध्यक्ष टेक बहादुर थापा रहनु भएको सो कार्यक्रममा बिद्यालयका विभिन्न समिती र उप समितिमा रहनु हुने पदाधिकारीहरु,शिक्षा प्रेमी ब्यक्तित्वहरु ,अभिभावक तथा शिक्षकहरुको उपस्थित रहेको सो कार्यक्रममा स्वागत मन्तब्य कक्षा १२ कि छात्रा प्रसंशा अधिकारी ले राखेकी थिईन भने कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा बोल्दै बिद्यालयका प्रीन्सिपल गुणराज अधिकारिले बिद्यालयको गतिबिधि तथा उपलब्धिको बारेमा जानकारी गराउनु भएको थियो ।
बि स २०५३ सालमा स्थापना भएको यो बिद्यालय अहिले झापा जिल्लामै बिद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल भएको यस एकेडेमिमा बिज्ञान ,ब्यवस्थापन,कम्प्युटर बिज्ञान ,कानुन,मानबिकी ,शिक्षा लगायतक सन्कायमा पठनपाठन हुँदै आएको छ ।