logo
शुक्रबार, साउन २९ २०८३

रिटर्नी फेडेरेसन नेपाल दमक ८ को अध्यक्षमा ः खड्का


  • मनकुमार गदाल
  • बुधबार, भाद्र २९ २०७९

विदेशवाट लिएको पुँजी स्वेदशमा लगानी गरेर आय आर्जन गर्दै स्वेदशकै विकास गर्ने उद्धेश्यले विदेशवाट फर्किएकाहरु संगठीत भएका छन् ।
विदेशवाट फर्किएकाहरुको संस्था रिटर्नी फेडेरेसन नेपाल दमक नगर कमिटीले आयोजना गरेको भेलाले आज देवेन्द्र खड्काको अध्यक्षतामा रिटर्नीको वडा कमिटी दमक ८ गठन गरेको छ । रिटर्नीको संस्थागत विकास, विदेशमा सिकेको सीपको उपयोग गदै स्थानियलाई रोजगारको अवसर दिने वातावरण दिने उद्धेश्यले गठित कमिटीको उपाध्यक्षमा टिका गिरी ,सचिवमा झगेन्द्र कुमार श्रेष्ठ, सहसचिवमा सीताराम अधिकारी र कोषध्यक्षमा कल्पना सुवेदी ढुङना सर्वसम्मत चयन भएको फेडेरेसन झापाका सहसचिव रमेश रिजालले जानकारी दिनु भयो ।
वडा कमिटीको सदस्यहरु राम पोखरेल ,अम्विका पोखरेल ,पुण्य पाठक ,देउ कुमार श्रेष्ठ,चरण लिम्वू,खड्ग बहादुर कोइराला, मिलन थापा र प्रमिला आचार्य हुनु भएको फेडेरेसनका दमक नगर कमिटी इन्चार्ज खड्ग भण्डारीले बताउनु भयो ।
रिटर्नीका दमक नगर कोषध्यक्ष खिनमाया खरेलको अध्यक्षतामा भएको भेला कार्यक्रममा संगठनको स्यायी कमिटी सदस्य मदन वोहोरा ,केन्दीय सल्लाहकार जय ओडारी, पशुपति मावि दमक ८का विधालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम दंगाल ,स्थानिय सामाजिक अगुवाहरु होम बहादुर थापा, मदन अधिकारी र नवनिर्वाचित अध्यक्ष देवेन्द्र खड्काले विदेशमा गएर ३५÷४० डिग्रीमा बगाएको पसिना ,त्यहाँ सिकेको सीपलाई स्वदेशमा उपयोग गर्नु पर्नेमा जोड्दिनु भएको थियो । रिटर्नीले संगठन विस्तारको क्रममा दमक १०,५,९ र ८ सहित ५ वडाहरुमा भेला गरी सकेको दमक नगर कमिटी अध्यक्ष प्रेम चापागाईले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend