दमक
खेलाडी तथा खेल प्रेमीहरुको भेलाले नेपाल खेलकुद महासंघ दमक ८ नम्वर वडा कमिटी गठन गरेको छ ।
झापाको दमक ८ स्थित नेकपा एमालेको वडा कार्यालयमा भएको खेलकुद महासंघको प्रथम अधिवेशनले भीष्म घिमिरेको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
वडा कमिटीको उपाध्यक्षहरुमा सुदेश निरौला,भागवत अधिकारी,सचिवमा समिर आचार्य, सहसचिवहरुमा देवराज ठाकुर ,संदेश गौतमलाई चयन गरेको छ । वडा कमिटीको सदस्यहरुमा अमर लिम्वू ,निशान बरुवाल,सुदिप महतो,दिप जय वराइली,समिर घिमिरे ,केवल राजवंशी, लोकेश भटराई ,सागर अधिकारी,सौरभ थापा,अरुण मण्डल,भुवन पौडेल , मौसम श्रेष्ठ , प्रसन अधिकारी र रुपक दाहाल लगायत चयन भएको खेलकुद महासंघ १ नम्वर प्रेदश सदस्य अनु ओडारीले जानकारी दिनु भयो ।
खेलकुद महासंघ दमक नगर कमिटी अध्यक्ष टिका सापकोटाको अध्यक्षतामा भएको अधिवेशन कार्यक्रममा सर्वसम्मत निर्वाचित वडा कमिटी अध्यक्ष भीष्मले प्रतिवद्धता मन्तब्य राख्दै सबै खाले खेलाडीको साझा संस्था बनाउन प्रयास गर्ने र संगठनलाई चलयमान गरी राख्ने बताउनु भयो । नव निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नगर अध्यक्ष सापकोटाले सफथ ग्रहण गर्नु भएको कार्यक्रममा सहभागी खेलकुद महासंघ १ नम्वर प्रदेश सदस्य अनु ओडारीले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले १ नम्वर प्रदेश कमिटी सचिवालय सदस्य होम बहादुर थापाले खेलाडीहरुले खेलसंगै पढाईलाई निरन्तरता दिदै भविष्यमा ब्यवसायिक खेलाडी भएर राष्ट्रको नाम उच्च राख्दै नामसंगै दाम कमाउनु पर्ने बताउनु भयो ।
खेल क्षेत्र र खेलाडीको वृत्ति विकासको लागि एमाले साथै खेलकुद महासंघले पनि पहल गर्ने नेता थापा संगठनका झापा अध्यक्ष भवानी वराल लगायतले बोल्नु भएको थियो ।