logo
शुक्रबार, साउन २९ २०८३

जनताको घर दैलोमा रेखा थापा, मतदाता उत्साहित


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र २७ २०७९

मोरङ । मोरङ क्षेत्र नं ३ बाट यस पटक राप्रपाले नायिका तथा महिला नेतृ रेखा थापालाई प्रतिनिधि सभाको उम्मेद्वारमा सिफारिस गरेपछी उनी जनताको  घरदैलोमा निस्किएकी छन। राप्रपा क्षेत्र नं ३ ले थापालाई उम्मेद्वारमा सिफारिस गरे पश्चात थापा जनताको हासो गुनासो बुज्न घरदैलोमा निस्किएकी हुन।

थापाले आफ्नो चुनावी प्रचारप्रसार को पहिलो घरदैलो अभियान पथरीशनिश्चरेबाट शुरु गरेकी छिन् । उनले पथरीको १० वटै वडामा पुगेर जनतासङ्ग  छलफल गरेकी छिन् । थापाको घर क्षेत्र नं ३ कै सुन्दरहरैँचा स्थित सलकपुरमा रहेता पनि उनी राजनीतिका लागि यस क्षेत्रको फ्रेस उम्मेद्वारको रुपमा चिनिन्छिन ।

थापासङ्गको भेटमा नागरिकले समेत पुरानो अनुहार देखी दिक्क भइसकेको आवाज निकालेका थिए ।  एक स्थानियले भने-“चुनाव जितेर गए तर नेताले फर्केर हेरेनन , हामी जहाको त्यही छौ । हाम्रो सुकुम्बासी समस्या जहाको त्यही छ ।” नागरिकको कुरा सुन्ने वितिकै रेखाले जवाफ फर्काइन , त्यसो भने मलाई भोट दिनुस्, म नेता बन्न हैन सेवक बन्न आएको छु,युवाहरुले धोका दिन्न   ।

थापा भन्छिन, म हारे पनि जिते पनि जनताकै साथमा हुन्छु ।

हामीले हालेको मतबाट व्यापारी र भ्रष्टाचारी फेरि चुनिएर गए भने पछुताउनुपर्ने दिन सुरू भइहाल्छ,’ उनले भनिन्।

थापासँग जनताले नेताले झुटो कुरा गरेको, समस्या जहाँको तहीँ छोडिदिएको, चुनाव जितेर गएपछि फर्केर नहेरेको, लालपूर्जा दिने आश्वासन बाँडेर भोट बटुलेको गुनासो गरेका थिए।

त्यस्तो गुनासो गर्ने जनतालाई थापाले यसपालि मत बदल्न अनुरोध गरिन्।

‘यसपालि मलाई भोट दिनुहोस्, जनताको कुरा सुनिनँ भने सप्तकोसी नदी कट्न नदिनुस्,’ थापाले भनिन्।

पथरी १ मा आयोजित भेलामा थापाले जनताको आँखामा छारो हाल्ने नेतालाई अब पन्छाउनुपर्ने बताइन्।

‘विगतमा तपाईंहरूको भोट व्यापारीलाई गयो, उनीहरूले तपाईंहरूको मत किनबेचे गरेका छन्,’ उनले भनिन्, ‘यसपालि संसदमा नयाँ अनुहारलाई जिताउनुहोस्।’

गरिब, निमुखा र सुकुम्बासीको आँखामा आँशु र अनुहारमा निराशा हुन नदिने उनले बताइन्।
थापासङ्गको भेटमा स्थानिय
खुशी तथा उत्साहित थिए, भने उनिसङ्ग  धेरैले आसा र भरोसा पाएको भन्दै निक्कै बेर सम्म सेल्फि खिचाए । उनको भोलिको दैलो अभियान कानेपोखरी गाउँपालिकामा छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend