कमल । निजी तथा आवासिय विध्यालय संगठन (प्याब्सन) झापाले आफ्ना विभिन्न गतिविधी सुरु गरेको छ ।
कोभिड १९ का कारण दुई वर्ष देखी गतिविधी विहीन अवस्थामा रहेको प्याब्सनले विहिवार देखी अन्तर विध्यालय स्थतरिय विभिन्न अतिरिक्त क्रियाकलाप सुरु गरेको हो ।
यसै बिच प्याब्सन कमलको आयोजनामा गाउँपालिका भित्र रहेका अन्तरविध्यालयहरु बिच अतिरक्त क्रियाकलाप प्रतियोगिता सुरु गरेको हो ।
कमल गाउँपालिका ५ स्थित स्टार वोडिङ्ग स्कुलको प्राङ्गणमा व्याब्सन कमलका अध्यक्ष बदिराम राईको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, प्याब्सन झापाका अध्यक्ष गौरिमान फागो, वरिष्ठ उपाध्यक्ष छत्र कार्कि, सचिव हरिकृष्ण पाठक, शिक्षक महासंघ कमलका अध्यक्ष हिम प्रसाद दाहाल, मंगलमय माध्यमिकि विध्यालयका प्रध्यानाध्यापक मोहन कुमार बगाले, कमल ५ की महिला वडा सदस्य चन्द्रकला सुब्बालगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा प्राथमिकतर्फ हाजिरी जवाफ र चित्रकला, निम्न माध्यमिक तर्फ हाजिरी जवाफ, श्रुतिलेखन , निबन्ध र चित्रकला तथा माध्यमिक तर्फ निवन्ध , वक्तृत्वकला कविता वाचन प्रतियोगिता सम्पन्न भएको थियो ।
कोभिड १९ का कारण दुई वर्ष देखी गतिविधी विहीन अवस्थामा रहेको प्याब्सनले विहिवार देखी आफ्ना विभिन्न कार्यक्रम सुरु गरेको छ । जस अन्तरगत विध्यालय स्थतरीय अतिरिक्त क्रियाकलाप सुरु भएको छ । यस्ता अतिरिक्त क्रियाकलापले विध्यार्थिको चौतर्फि विकास हुन्छ भने आफुमा लुकेर लुकेर रहेको प्रतिभालाई प्रदर्शन गर्ने मौका समेत मिल्नेगर्छ । प्याब्सनले गर्दै आएका आफ्ना नियमित गतिविधीलाई अव निरन्तर सनचालन गर्ने प्याब्सन झापाका सल्लाहकार रामहरी घिमिरेले बताउनुभयो
कार्यक्रम व्याब्सन कमलका सचिव दिपक संग्रौलाले सन्चालन गर्नु भएको थियो भने कार्यक्रम संयोजक विजयसेन थापाले शाब्दिक शब्द द्वारा सुभकामना मन्तव्य राख्नु भएको थियो ।
कमल गाउँपालिकामा रहेका सस्थागत विध्यालयहरु मध्ये १४ वटा विध्यालयले कार्यक्रममा सहभागीता जनाएका थिए ।
श्रुतिलेखन तर्फ
कार्यक्रममा श्रुतीलेखन तर्फ प्रथम निस्चल बराल (लालिमा), द्वतिय दिप्शन सौग्रला (साउथपोल),विनम्र सुवेदी (निहारीका ) ,युनिश डाँगी (सरस्वती) र एलिमन लिम्बु (फोनिक्स) तृतिय हुनुभएको हो ।
अग्रेजी कविता तर्फ
अग्रजी कविता छात्रा तर्फ प्रथम निक चेम्जोङ्ग (पाथिभरा), द्वतिय मोनिका पौडेल (स्टार)र तृतिय शोभा राई(लालिमा) त्यसैगरी छात्र तर्फ प्रथम रुपेस नेपाल(फोनिक्स) द्वतिय सुनिल कट्टेल र तृतिय यज्ञ प्रकास शाहा (स्टार) हुनुभएको आयोजकले जनाएको छ ।