logo
शुक्रबार, साउन २९ २०८३

अवैध काठ सहित ५ जना युवा नियन्त्रणमा


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र २२ २०७९

कमल । झपाको दमक बाट अवैध काठ सहित ५ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो दमक बाट अवैध काठ सहित ५ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका युवाका साथ बाट ५ थान सिसौका गोलिया र सखुवाको चिरान काठ १४ थान र ५ थान साईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रण लिएका युवाहरुमा चुलाचुली गाउँपालिका ५ निवासी वर्ष १९ का नविन लिम्बु वडा नम्वर ३ निवासी वर्ष २० का सुजन श्रेष्ठ , सोहिठाउँका वर्ष ३० का धनपति न्यौपाने फाकफोकथुम गाउपालिकां.३ निवासी वर्ष २० का रमेश लिम्बु र तुममेवा गाउँपालिका .१ निवासी वर्ष २२ का विवेक लिम्बु रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका युवालाई आवस्यक कार्वाहीको लागी सब डिबिजन बन कार्यालय बेल्डागी दमक झापा बुझाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend