logo
शुक्रबार, साउन २९ २०८३

झापा पाँचबाट एमाले अध्यक्ष ओली र एकबाट कोइराला प्रतिनिधिसभा सदस्यका लागि सिफारिस


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र २० २०७९

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा(५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।

क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप(५ का एमाले इन्चार्ज होम थापाले बताए ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा.खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।

त्यसैगरी नेकपा एमालेले झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मालाई हराएका रविन कोइरालालाई संघीय साँसदका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

कोइरालाले २०७० सालको संविधानसभा निर्वाचनमा काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । कोइराला पार्टीका केन्द्रीय सदस्य र झापाका सहइन्चार्ज समेत रहेका छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend