कमल , भदौ १९ । प्रहरीले अवैध चिनी बरामद गरेको छ ।
झापाको बाह्रदशी गाउपालिका ३ राजगढ बजार बाट .प्रहरीले अबैध चिनी बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले आईतवार दिउसो अबैध रुपमा चोरी पैठारी गरी भारतबाट ल्याई लुकाई छिपाई राखेको अवस्थामा ४० बोरा (२० क्विन्टल) चिनि बरामद गरेको हो ।
बरामद गरीएको चिनिकोमुल्य १ लाख ३० हजार रुपैया बराबरको रहेको र आवश्यक कार्वाहीको लागी भद्रपुर भन्सार कार्यालय झापा बुझाएको प्रहरीले जनाएको छ ।