logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमालेले जित्नै पर्छ ः अध्यक्ष ओली


  • मनकुमार गदाल
  • आइतबार, भाद्र १९ २०७९

दमक । अरु वेलाको निर्वाचन भन्दा पनि यस पटकको निर्वाचन मुलुक बचाउने र मुलुक टुकाउने बीचको फैसला दिने निर्वाचन भएको हुदा नेकपा एमालेले जित्नु पर्ने पार्टी अध्यक्ष केपी ओलीले बताउनु भएको छ ।
चुनावी देश दौडामा रहनु भएका एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघ नेपाल कमलले आज आयोजना गरेको वहृत युवा भेलालाई सम्वोधन गर्दै मंसिर ४गतेको निर्वाचनमा एमालेले हा–यो भने मुलुकले हार्ने बताउनु भएको हो । हिजो विहिवार साँझ गृह जिल्ला झापा आउनु भएका अध्यक्ष ओलीले चुनावी सहितका सामाजिक कार्यक्रममा सहभागी हुनु भएको हो । अध्यक्ष ओलीले युवाहरुलाई गठबन्धन दलले यस पटकको निर्वाचन जितेमा मुलुक टुक्रिने खतरा रहेको हुदा निर्वाचनको बुथ दर्शक होइन रक्षक भएर जिम्मेवारी पुरा गर्न निर्देशन दिनु भयो ।
चुनावी प्रसङ्ग उठाउदै टोल–टोलमा युवा संघ,घर–घरमा सदस्य अभियान शुरु गर्न ओलीले आग्रह गदै असंगठीत युवाहरुलाई शालिन, भद्र र जिम्मेवार भएर संगठनमा संगठित गर्न सुझाव दिनु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले आफू १४ वर्ष जेल जीवन विताउदा मन्त्री बनाइ दिने जस्ता पञ्चे सरकारले प्रलोभन देखाए पनि नेपाली जनताको पक्ष र प्रजातान्त्रिक प्रणालीको पक्षमा सम्यम र धर्य गरेका कारण यस अवस्थामा आइपुगेको बताउनु भयो ।
उम्मेदवारको टिकट पाउने कुरामा पनि लोकप्रियता ,नागरिकको माग र पालो आदिले अहिले नाम पर्न नसकेमा पनि धर्य गर्न उहाँले कार्यकर्तालाई खबरदारी गर्नु भयो । युवा संघ कमलका अध्यक्ष जीवन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता ओलीले टिकट पाइन भनेर असन्तुष्टी नगर्न अनुरोध गर्दै धेरै असन्तुष्टी आएमा स्वय नै पाखा लाग्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा युवा संघ नेपाल १ न.प्रदेशको संयोजक अनिता कन्दुङ्गवा ,झापा जिल्ला अध्यक्ष फुर्वा लामा लगायतले निर्वाचनमा एक बुथ दुई सय युवा परिचालन गर्ने बताउनु भयो । अध्यक्ष ओलीले आजै झापाको गौरीगञ्जमा पार्टी प्रवेश कार्यक्रम ,मोरङ्गको सुन्दर हरैचामा नेपाल जेसीजको एरिया क क्षेत्रीय सम्मेलनको उदघाटन र विराटनगरमा विधार्थीको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend