कमल । झापाको कमल गाउँपालिका स्थित समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजना र लुम्विनी विकास बैक केर्खा शाखाको प्रायोजनमा आज तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खामा सम्पन्न तिज विशेष कार्यक्रममा नृत्य प्रतियोगिता का साथै असल बुहारी र असल छोरीलाई सम्मान गरिएको थियो
कार्यक्रममा नृत्य तर्फ प्रनिशा नेपाल र साथीहरुको टिम प्रथम ,सन्ध्या लिम्बु र साथिहरुको टिम द्वतिय तथा सरस्वती ठाकुर तृतिय तथा श्रेयन्सी ढुङ्गेल र समृद्धि गौतम सान्वता हुनुभएको निर्णयक समितीका संयोजक सुर्य प्रसाद न्यौपानेले बताउनु भयो । नृत्य प्रतियोगितामा प्रथम , द्वतिय, तृतिय र सान्त्वना बापत क्रमस १ हजार ५ सय ,१ हजार १ सय १ हजार र ७ सय रुयैया नगद प्राप्त गरेका थिए । त्यसैगरी असल बुहारी तर्फ पार्वता दाहाल राई र असल छोरी तर्फ हरिमायाँ कार्कि बानियाँलाई सम्मान गरिएको थियो ।
पहिले पहिले दिदि बहिनी हरु तिजमा भेला भएर दुख सुखका कुरा हुन्थे अहिले समय परिबर्तन शिल भएको छ । अहिले विभिन्न सन्देश मुलक कार्यम हुन थालेका छन् । तर तिज बनाउने बाहानामा महिनौ दिन अगाडी विभन्नि होटलमा गएर भड्किलो तरिकाले तिज मनाउन थालिएको छ । यसले समाजमा नरामो सन्देश दिएको छ । सबै मिलेर आफ्नै धर्म संस्कारका सग जोडिएका कार्यक्रम गर्न आवश्यक रहेको समावेसी महिला शसक्तिकरण केन्द्रकी सस्थापक अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
समावेसी महिला शसक्तिकरण केन्दका अध्यक्ष श्रृजना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव भगवती राईले गर्नु भएको थियो । कार्यक्रममा समसामयीक लघु नाटक समेत प्रस्तुत गरिएको थियो ।