कमल , भदौ ११ । झापामा ८६ हजार ८ सय ८८ जना मतदाता थपिएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भन्दा २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा झापामा ८६ हजार बढी मतदाता थपिएका छन् ।
नर्वाचन कार्यालय झापााले दावि विरोध प्रयोजानार्थ तयार गरिएको मतदाता संख्या २०७९ अनुसार अधिल्लो निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा झापामा ८६ हजार ८ सय ८८ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालको संसदिय निर्वाचनमा झापामा पुरुष मतदाताको संख्या २ लाख ८८ हजार ८ सय ४५ र महिला मतदाताको संख्या २ लाख ९६ हजार ३ सय १२ जना तथा अन्य ९ जना गरी जम्मा ५ लाख ८५ हजार १ सय ६६ जना रहेकोमा यो पटक दावि विरोध प्रयोजानार्थ थपिएका मतदाता पुरुष ३ लाख ३४ हजार ७ सय ३२ जना र महिला मतदाता ३ लाख ३७ हजार ३ सय १४ गरि जम्मा ६ लाख ७२ हजार ५४ जना रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
दावि विरोध प्रयोजानार्थ तयार गरिएको पछिल्लो मतदाताको विवरण अनुसार झापा निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधी सभा तर्फ जम्मा मतदाताको संख्या १ लाख २१ हजार ५ सय ६४ जना रहेको छ ,जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ७२ हजार ६ सय ५० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ४८ हजार ९ सय १४ जना मतदाता रहेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर २ मा प्रतिनिधी सभा तर्फ जम्मा मतदाताको संख्या १ लाख ३५ हजार ४ सय ७९ जना रहेको छ जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ५९ हजार ८ सय ९० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ७५ हजार ५ सय ८९ जना मतदाता रहेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर ३ मा प्रतिनिधी सभा तर्फ जम्मा मतदाताको संख्या १ लाख ३३ हजार १ सय ६८ जना रहेका छन् जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ६८ हजार ९५ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ६५ हजार ७३ जना मतदाता रहेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर ४ मा प्रतिनिधी सभा तर्फ जम्मा मतदाताको संख्या १ लाख २५ हजार २४ जना रहेका छन् जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ५४ हजार १ सय १३ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ७० हजार ९ सय ११ जना मतदाता रहेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर ५ मा प्रतिनिधी सभा तर्फ जम्मा मतदाताको संख्या १ लाख ५६ हजार ८ सय १९ जना रहेका छन् जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ७६ हजार १४ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ८० हजार ८ सय ५ जना मतदाता रहेको निर्वाचन कार्यालय झपााले जनाएको छ ।