दमक । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमकले तेह्रौं वार्षिक साधारण सभा शुरु गरेको छ ।
दमक ६ स्थित प्रधान कार्यालयवाट इकाई गत रुपमा तेह्रौं साधारण सभा आजवाट शुरु गरिएको हो ।
दमक स्थित संस्थाको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच प्रमुख अतिथि संस्थापक अध्यक्ष बासुदेव काफ्लेकोले दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भयो ।
संस्थाका अध्यक्ष रवि न्यौपाने खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले सहकारी संस्थामा सबैको सहकार्य भए मात्र सहकारी सफल हुने बताउनु भयो ।
अस्वास्थ्य प्रतिष्पर्धाले सहकारी अभियान नै धरासायी हुने हुदा यसको प्रवद्र्धनको लागि शेयर सदस्यहरु चनाखो भएर खबरदारी गर्नु पर्ने संस्थापक अध्यक्ष काफलेको भनाई रहेछ । कार्यक्रममा संस्थाका अध्यक्ष रविले ७ वटा इकाईमा १८ गते सम्म इकाइ गत साधारण सभा हुने बताउदै नयाँ निति कार्यक्रम सहितको अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
अध्यक्ष न्यौपानेले अध्यक्ष प्रतिवेदन प्रस्तुत पछि बोल्दै अब नयाँ सञ्चालक समिति चयन हुने निर्वाचन वर्षको साधारण सभा भएको हुदा उपयुक्त गन्तब्य तर्फ अघि बढी सकेको हुदा सक्षम नेतृत्व छनौट गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नु भयो । आफुले जो नेतृत्वमा आए पनि आफनो ठाउँवाट उचित सहयोग गर्ने उहाँको भनाई रहेको छ ।
यसै गरी संस्थाका लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
दमकको इकाई १,२, झिलझिले,सुरुङा,गौरादह,र मोरङको उर्लावारी इकाईमा इकाई गत साधारण सभा भदौं १६ गते सम्म सकिने र तिनै साधारण सभाको निर्णय एकीकरण, प्रमाणिकरण , निर्वाचन तथा साधारण सभा समापन १८गते दमकमा सम्पन्न हुने संस्थाका ब्यवस्थापक कमल घिमिरेले बताउनु भयो ।