logo
मंगलबार, कार्तिक ११ २०८३

नेकपा एमाले वडा नं ६ वार्ड कमिटी द्वारा वडा स्तरीय प्रशिक्षण तथा सफथग्रहण


  • कुइनेटो न्युज
  • शुक्रबार, भाद्र १० २०७९

कमल  । नेकपा एमाले वडा नं ६ वार्ड कमिटीले द्वारा आज वडा स्तरीर्य प्रशिक्षण का साथै नयाँ पाटी सदस्यलाई सफथग्रहण गराएको छ ।
नेकपा एमाले कमल गाउँ कमिटी वडा नं ६ वार्ड कमिटीको आयोजनामा वडा स्तरीय प्रशिक्षण तथा नयाँ पार्टी सदस्यलाई सपथग्रहण गराएको वडा कमिटीले जनाएको छ ।
वडा कमिटी अध्यक्ष तुलसी बाँस्कोटाको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य बलराम गजुरेल को प्रमुख आतिथ्यतामा प्रशिक्षण तथा सफथग्रहण कार्यक्रममा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सचिव शिव ढुंगेल, जिल्ला कमिटी सदस्य नारायण प्रसाद गौतम, नर्बदा गौतम, जेष्ठ कम्युनिष्ट मञ्च झापा का सदस्य पदम कुमारी राई, जिल्ला सल्लाहकार सदस्य गंगा देवी राई, जिल्ला सहकारी बिभागका सदस्य निलकण्ठ निरौला, कमल गाउँ कमिटी अध्यक्ष प्रेम बहादुर पोखरेल, सचिव हरि ढकाल, गाउँ कमिटी सचिवालय सदस्य तथा वडा नं ६का बडा अध्यक्ष नरेन्द्र भट्टराई गाउँ कमिटी सदस्य ,वडा कमिटीका सदस्य समेतको उपस्थित रहेको थियो ।
सपथग्रहण लिन आउनु भएका १सय९० जना नयाँ पार्टी सदस्यलाई जिल्ला कमिटी सचिव शिव ढुंगेल ले सपथग्रहण गराउनुभएको थियो । कार्यक्रमको संचालन वडा कमिटी सचिव युवराज पाठक ले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend