logo
शुक्रबार, साउन २९ २०८३

देश भरका राष्ट्रसेवक कर्मचारी हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रीएका


  • उमानाथ भण्डारी
  • बुधबार, भाद्र ८ २०७९

  1. कमल । देश भरका सम्पुर्ण राष्ट्रसेवक कर्मचारी यतिवेला हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रीएका छन् ।
    यसैक्रममा झापाको कमल गाउँपालिकाका कर्मचारी समेत हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रीएका छन् ।
    संयुक्त ट्रेड युनियन सञ्जालमा आवद्ध नेपाल निजामती कर्मचारी संगठन,नेपाल निजामती कर्मचारी युनियन,नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामी,एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चमा आवद्ध कर्मचारीले विभिन्न ११ वटा मागराखी हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रीएका छन् ।
    संघ ,प्रदेश र स्थानिय तहका कर्मचारी बिच एउटै निजामती ऐन ल्याउनु पर्ने छ ,अहिले भएको निजामती ऐनले ३ तहका कर्मचारीलाई समेट्न सकेको छैन । यस्तो निजामती ऐनले कर्मचारी बिच विभाजनहुने खालको कानुन भएकोले त्यसको विरुद्ध हामि कर्मचारीका ५ वटा संगठ एकजुट भएर आन्दोल गरेको आन्दोलनरत कर्मचारी देवराज आचार्य बताउनुहुन्छ ।
    आन्दोलनरत कर्मचारीले अघिसारेका मागमा कर्मचारी मैत्री र सेवा मैत्रीहुने गरि सघीय÷प्रदेश र स्थानिय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नु पर्ने,क्षतीपुर्ति सहितको नागरिक सेवा प्रभावको सुनिश्चितता गर्नु पर्ने,तीनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामतीको परिभाषमा समावेश गर्नु पर्ने लगायत ११ वटा माग राखेर हामि कर्मचारी आन्दोलनमा उत्रिएको आन्दोलनरत कर्मचारी आचार्य बताउनुहुन्छ ।
    सरकारले हाम्रो आवाज सुन्नै पर्छ नत्र भोलिका दिनमा देशमा स्थाई सरकारका रुपमा रहेको कर्मचारी तन्त्र र निर्वाचित सरकार बिच को सम्बन्ध चिसिन सक्छ । सरकारले तिन तहका कर्मचारीलाई विभाजन गराउने खालको जुन ऐन छ त्यसलाई सच्याएर कर्मचारीको माग पुराहुने खालको ऐन ल्याउनुपर्ने आन्दालनरत कर्मचारी बताउछन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend