कमल । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीचारीलाई विपद् जोखिम व्यवस्थापन अन्तर्गत स्थानीय सरकारको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा तालिमा प्रदानगरिएको हो । तालिमलाई मोहन गौतम र डम्बर घिमिरेले सहजीकरण गर्नु भएको थियो ।
कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेको अध्यक्षतामा सन्चालित तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य ,प्रमुख प्रशासकिय अधिकृत तथा विषयगत शाखा प्रमुखहरु सहभागी रहेको थियो ।