logo
मंगलबार, कार्तिक ११ २०८३

बालबालिका र शिक्षा’ अब हिमशिखर बाट पनि


  • कुइनेटो न्युज
  • शुक्रबार, भाद्र ३ २०७९

विर्तामोड । बालबालिका लक्षित रेडियो  कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो हिमशिखर बाट पनि प्रसारण हुने भएको  छ।
 दमक बाट प्रसारण हुँदै आएको रेडियो हिमशिखर १०३.३ मेघाहर्जमा शुक्रबार बेलुकी ७:१५ बजे र शनिबार बिहान ८:१५ बजे  प्रसारण हुने स्टेशन म्यानेजर हरिकृष्ण न्यौपानेले जानकारी दिए।
यस अघि झापाबाट आँगन एफएम ८९.६ मेगाहर्ज,रेडियो बिराट ८८.५ , इलामको रेडियो फिकल ९०.6 मेघाहर्ज र मोरङ्गको रेडियो रिदम ९९.७ र पाँचथरको रेडियो मितेरी ९८.२ मेघाहर्जमा बालबालिका लक्षित कार्यक्रम ‘बालबालिका र शिक्षा’ प्रसारण हुँदै आएको थियो ।
 मोबाइल र ईन्टरनेटको प्रयोग बाट बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको हो।
 बिगत २ बर्ष देखि  प्रसारण हुँदै आएको रेडियो कार्यक्रमले अभिभावक र बालबालिका लाई सकारात्मक सन्देश दिदै आएको कार्यक्रम संयोजक एवम् बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले जानकारी दिए ।
 कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने र बालबालिका प्रती सरोकारवाला निकायको ध्यानाकर्षण हुन थालेको छ ।
साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी चेतन लामिछाने , सृजन घिमिरे,रेणु मुखियाको आवाजमा उत्पादन हुने कार्यक्रममा  बालबालिका र शिक्षकको कुराकानी र गतिविधि समेटेर  प्रसारण  हुने गरेको छ।  बालबालिकाका सकारात्मक सन्देश लाई आम श्रोता समक्ष पुग्ने  अपेक्षा गरिएको छ ।
 त्यस्तै विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको  सफलताको कथा उनीहरुकै आवाजमा ‘मेरो कथा’ स्तम्भ मार्फत प्रस्तुत गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने कार्यक्रम प्रस्तोता  पुस्पा लिम्बुले बताईन ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend