कमल , भदौ २ । कमलनगर जेसीजले आज एक कार्यक्रमका बिच जेसीज सप्ताह उद्घाटन गर्नुका साथै ७ औं स्थापना दिवस मनाएकोे छ ।
कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित जेसीज सचिवालयमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले व्यानर बाचन गरेर जेसीज सप्ताहकार्यक्र उद्घाटन गर्नूका साथै केक काटेर ७ औं स्थापना दिवस बनाएको हो ।
जेसीजले कमल गाउँपालिकामा आफ्नो निजी लगानीले पनि केहि गर्न सकिन्छ भन्ने छाप छोडेको छ , यसको ज्वालन्त उदहारण हामिले देखेका छौ । जेसीज जस्तै सामाजिक काम गर्ने लायन र रोटरी जस्ता सस्थाको अगुवाई समेत कमलनगर जेसीजले गरेको प्रमुख अतिथि अग्नि प्रसाद कोईरालाले बताउनु भयो ।
कार्यक्रममा उपस्थित सम्पुण अतिथि तथा सहभागीलाई धन्यवाद दिनै आफ्नो कार्यकालमा सुविधा सम्मन्न जेसीज भवन बनाउने योजना रहेको र यसकालागी २० देखी २५ लाख रुपैया संकलन भै सकेको छ र बाँकी रकम जुटाएर ७० लाख रुपैया सम्मको जेसीज भवन बनाउने बताउदै आफ्नो कार्यकालमा आफुले बनाएका योजना पुरा गर्न सम्पुर्ण जेसस् िसदस्यलाई कमल नगर जेसीजका वर्ष २२ का अध्यक्ष जेसी नारायण बस्नेतले बताउनु भयो ।
जेसीज सप्ताह र ७ औ स्थापना दिवस को शुभकामनाका मन्तव्यका क्रममा आजिवन सदस्य जेसी राजन ढुङ्गाना, वर्ष १८ का अध्यक्ष जेसी केदार कटुवाल, प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो लगायतले कमल नगर जेसीजले समज रुपान्तरमा जेसीजले पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षकमहासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल,उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल, जग्गादाता तथा आजिवन सदस्य लेखनाथ खतिवडा प्रहर िचौकी केर्खामा ईनचार्ज सुवास मिश्र लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम कमलनगर जेसीज वर्ष २२ का महासचिव भिम अधिकारीले सन्चालन गर्नु भएको थियो ।