logo
शुक्रबार, साउन २९ २०८३

मैत्रीपुर्ण फुटवल प्रतियोगिताको उपाधी धुलाबरी वितरण केन्द्रको पोल्टामा


  • उमानाथ भण्डारी
  • शनिबार, साउन २८ २०७९

कमल  । नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिक उत्सवको उपलक्षमा आयोजित मैत्रीपुर्ण फुटव प्रतियोगितामा धुलाबरी वितरण केन्द्र विजयी भएको छ ।
रंगेली वितरण केन्द्रलाई ३ शुन्य गोल अन्तरले हराउदै धुलाबरी वितरण केन्द्र विजयी भएको हो ।
शिवसताक्षी नगरपालिका १ स्थित फुलवारी रङ्गशालामा आज सम्पन्न फाईनल खेलको पहिलो हाफको अन्तिम समयमा धुलावारीका जर्सि नम्वर ६ का जनक गौतमले गरेको १ गोलले टिमलाई अग्रता दिलाउनु भएको थियो ।
त्यसैगरी दोश्रो हाफमा धुलावारीकै जर्सि नम्वर ६ का जनक गौतम थप २ गोल गरेर आफ्नो लाई विजयी गराउनु भएको थियो ।
आजको प्रतियोगिताको म्यान अफ दी म्याच धुलाबारीका जर्सि नम्वर ६ का जनक गौतम हुनुभएको थियो ।
झापा र मोरङ्गका ६ वटा टिम सहभागी रहेको प्रतियोगिता साउन २७ गते भएको खेलमा दमक वितरण केन्द्रलाई पछि पार्दै धुलावारी वितरण केन्द्र फाईनलमा प्रवेश गरेको थियो भने आज भएको पहिले सेमिफाईनल खेल अन्तर्गत बेलवारी वितरण केन्द्रलाई २ शुन्य गोलले हराउदै रंगेली वितरण केन्द्र फाईनल प्रवेश गरेको थियो ।
सधै काममा व्यस्त हुने कर्मचारीलाई यस्ता खेलले शारिरिक स्फुर्ति ल्याउनुका साथै कर्मचारी बिच चिनजान हुने र काम गनै सहजहुने भएकोले प्रधिकरणको ३७ औं वार्षिक उत्सवका अवसरमा प्रतियोगिताको आयोजना गरेको खेल संयोजक टंक प्रसाद उप्रेती बताउहुनुन्छ ।
प्रतियोगित विजेत टिम तथा खेलाडी लाई प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण प्रादेशीक कार्यालय विराटनगरका निर्देशक राजन ढकालले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
प्रतियोगिताको उद्घाटन सत्रमा भएको औपचारीक कार्यक्रममा आमन्त्रित अतिथि थता खेलाडीलाई अनरमनी वितरण केन्द्रका दुर्गा पोख्रेलले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने दमक वितरण केन्द्रका मान बहादुर कार्किले कायृक्रम सन्चालन गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend