logo
मंगलबार, कार्तिक ११ २०८३

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिकाको अध्यक्षमा ः बदीराम राई


  • कुइनेटो न्युज
  • बिहिबार, साउन २६ २०७९

                                                              नव निर्वाचित समिती

कमल । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिकाको दोश्रो अधिवेशनले आगामी तिन वर्ष कार्यकालकालागी बदी राम राईलाई अध्यक्षमा चयन गरेको छ । वहाँलाई किराँत राई यायोख्खाको तर्फ बाट अध्यक्षमा प्रस्ताव गरिएको थियो ।
त्यसैगरी परिषद्को उपाध्यक्षमा ताजपुरीया समाज कल्याण परिषद्का तर्फ बाट तिर्थ कुमार ताजपुरिया ,नेपाल शेर्पा संघका तर्फ बाट अमृता लामा (शेर्पा),सुनावार सेवा समाजका तर्फ बाट अशोक मुखिया (सुनाुवार) निर्वाचित हुनुभएको निर्वाचन समितीले जनाएको छ ।
परिषद्को सचिवमा नोपाल तामाङ्ग घेदुङ्ग संघका तर्फ बाट जय तामाङ्ग (मोक्तान) चयन हुनुभएको छ । त्यसैगरी सह सचिवमा नेपाल मगर संघ बाट राज कुमार मगर, नेपाल सन्थाल आदिवाशी कल्याण संघ बाट कमल मर्डि र धिमाल जाति विकास केन्द्रका तर्फ बाट रत्न माया धिमाल र कोषाध्यक्षमा किराँत याक्थुम चुम्लुङ्गका तर्पmबाट रेश्मा चेम्जुङ्ग चयन हुनुभएको निर्वाचन समिती संयोजक भिम राईले जानकारी दिनुभयो ।
परिषद्को सदस्यमा कमल गाउँपालिकामा रहेका विभिन्न १९ वटा जातिय संस्था बाट सुरेश माझी,विजय मेचे, सुरज कुमाल, अजय उराउ, केदार जिमी, घनश्याम भुजेल, याम नारायण प्रधान, देव नारायण चौधरी, शोभालाल राजवंशीचयन हुनुभएको निर्वाचन समिती सदस्य चक्र गुरुङ्गले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend