कमल । शहिद धर्मभक्त बालक्लवको अध्यक्षमा श्रीयान्सी ढुङ्गेल चयन हुनुभएको छ ।
कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयमा आज पुनर्गठन भएको शहिद धर्मभक्त बालक्लवको उपाध्यक्षमा संगम थापा, सचिव सन्ध्या सुब्बा, सह सचिव युनिसा गुरुङ्ग,कोषाध्यक्ष सिर्जल दाहाल चयन हुनुभएको शिक्षक संयोजक मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यमा आयुष्मा खतिवडा, आकृति अधिकारी,पुष्पा लम्जेल, गरिमा भुजेल,आयुष्मा पौड्याल, महिमा पोख्रेल र पद्मा दर्नाल चयन हुनु भएको अधिकारीले बताउनुभयो ।
बाल क्लवकी निवर्तमान अध्यक्ष कुमारी शाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सध्या सुब्बाले सन्चालन गर्नुभएको थियो ।