संस्कृती अधिकारी
कमल ÷ झापाको कमल गाउँपालिकाका रहेका सामुदायीक विध्यालय तर्फ यस वर्षको एसईई परिक्षामा संस्कृती अधिकारी उत्कृष्ट हुनुभएको छ ।
गत साउन ११ गते बुधवार प्रकाशित एसईई परिक्षाको अन्तिम नतिजा अनुसार कमल गाउँपालिका क्षेत्रभित्र रहेका १० वटा सामुदायी तर्फका माध्यमिक विध्यालयका छात्र २ सय २३ र छात्रा २ सय ६५ गरी जम्मा ४ सय ८८ जना सहपाठीलाई पछि पार्दै सामुदायिक विध्यालय तर्फ मंगलमय माध्यमिक विध्यालय अध्यायनरत संस्कृती अधिकारी एसईई परिक्षामा गाउँपालिका कै उत्कृष्ट हुनुभएको हो ।

प्रधानाध्यापक मोहन कुमार बगाले
अधिकारीले ३ दशमलव ६५ जिपिए प्राप्तगरी गाउँपालिकाकै प्रथम हुनुभएको हो । मंगलमय माध्यमिक विध्यालय बाट अधिकारी सगै परिक्षामा सहभागी मध्ये कृष्ण बस्नेत ३ दशमलव ५ जिपिए , तुलसा बस्नेत ३ दशमलव ४५ जिपिए र श्रेया दंगाल ३ दशमलव ४० जिपिए प्राप्तगरी ए+मा उत्रिण हुनुभएको विध्यालयले जनाएको छ ।

परिक्षा आउने बेलामा नसुती दिनरात पढ्नु भन्दा नियमित रुटिङ्ग बनाएर दैनिक अध्यायन गर्दा राम्रो संग बुझिन्छ र परिक्षमा पनि राम्रो लेख्न सकिने संस्कृती बताउनुहुन्छ । आफुले एसईई पास गरेकै विध्यालय बाट कक्षा १२ मा विज्ञान विषय लिएर पढ्ने समेत अधिकारीले बताउनु भयो ।
हिजो देखी नै हाम्रो विध्यालयले एसईई परिक्षमा मा उत्कृष्ट नतिजा ल्याउदै आएको छ । सोहि अनुसार यस वर्ष पनि हाम्रो विध्यार्थिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । रिजल्ट राम्रो ल्याउनमा शिक्षक, विध्यार्थि र अविभावक सबै उत्तिकै जिम्वेवारी रहने मंगलमय माध्यमिक विध्यालयका प्रधानाध्यापक मोहन कुमार बगाले बताउनुहुन्छ ।
पछिल्लो समय सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर सुधार भए सगै एसईई परिक्षाको नतिजा पनि उत्कृष्ट आउन थालेको छ ।