logo
शुक्रबार, साउन २९ २०८३

कारितास नेपालको वार्षिक समिक्षा बैठक सम्पन्न


  • उमानाथ भण्डारी
  • मंगलबार, साउन १७ २०७९

कमल। कारितास नेपालको प्रादेशिक कार्यालय दमकले आज आफ्नो वार्षिक कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरेको छ ।
दकम स्थित फाईन होटलको सभाहलमा भएको समिक्षा बैठक विध्यालयमा आधारीत विपद् जोखिम न्युनिकरणका विषयमा भएका विभिन्न चरनण भएका कार्यक्रमको समिक्षा गरिएको थियो ।
झपाको कमल गाउँपालिकामा रहेका सामुदायीक विध्यालयहरु मध्ये विपद्को जोखिममा परेका ७ वडा विध्यालयका विध्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, फोकल पर्सन, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
कारितास नेपालले २०१९ अगस्ट देखी ३० जुलाई २०२२ सम्म कमल गाउँपालिकामा सन्चालन गरेका कार्यक्रमका बारेमा कारितास नेपालका परियोजना अधिकृत विपिन घिमिरेले सहभागीलाई जनाकारी गराउनु भएको थियो ।
सन्चालन भएका कार्यक्रम अन्तर्गत विध्यालयमा शुद्ध खानेपानी तथा सरसफाई कृयाकलाप , शौचालय निर्माण, डस्ट विन वितरण लगायतका कार्यक्रम सन्चालन गरिएको थियो ।
त्यसैगरी साना तथा मझौला अल्पिकरण कार्यक्रम अन्तर्गत विपद्को समयमा गरिने विभिन्न प्रकारका कार्यक्रम सन्चालन भएको थियो भने विपद्का समयमा हुन सक्ने घटना बाट जोगीने उपाय र विपद् घटी सकेपछी उद्वारका समयमा गरिने पुर्व तयारीका विषयमा सरोकार वाला संग अन्तरक्रिया सचेतनात्मक कार्यक्रम सन्चालन भएको कारितास नेपाले जनाएको छ ।
कारितास नेपालले विध्यालयमा आधारित विपद् जोखिम न्युनिकरण परियोजना सन्चालन गरेपछि विध्यालयमा धेरै परिबर्तन आएको छ । विध्यालयमा शौचालय निर्माण, शुद्ध खानेपनिको व्यवस्थापन,विपद्को पुर्व तयारी,लगातका क्षेत्रमा सहयोग गरेको कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले बताउनु भयो ।
कमल गाउँपालिकामा कारितास नेपालले विध्यालयमा आधारित विपद् जोखिम न्युनिकरण परियोजना सन्चालन गरेपछि विध्यालयको शैक्षिक सुधारमा धेरै परिबर्तन भएको र आगामी दिनमा समृद्ध कमल निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
कारितास नेपालले कमल गाउँपालिकामा शिक्षाका क्षेत्रमा धेरै कार्यक्रम गरेका छौ । कार्यक्रमलाई सफल बनाउन यहाँहरुको ठुलो भुमिका छ । विध्यार्थि भनेको काँचो माटो हो जस्तो बनाउन चायो त्यस्तै बनाउन सकिन्छ भन्ने कुरा अहिले फरक भएको छ । विध्यार्थि कस्तो बन्न चाहान्छ उ त्यस्तै बन्ने हो । आगामी दिनमा सामाजिक परामर्श र लागु औषधकीका विषयमा समेत कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको कारितास नेपाल प्रदेशिक कार्यालय दमकका प्रमुख देवेन्द्र पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्मुख सुर्य प्रसाद न्यौपाने, नरेन्द्र जनता माध्यमिक विध्यालय कमल १ का प्रधानध्याक बद्री कार्कि,कालिका आधारभुत विध्यालयका फोकल पर्सन शिक्षक दुर्गा प्रसाद चापागाई, अरनिको आधारभुत विध्यालयका फोकल पर्सन शिक्षक प्रदिक कोईराला , कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, ईन्जिनियर सागर यादव लगायतले कारितास नेपालले गरेको कामको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो ।
कमल गाउँपालिकामा रहेको विध्यालयहरु मध्ये जोखिमा परेका कमल गाउँपालिका वडा नम्वर १ स्थित नरेन्द्र जनता माध्यमिक विध्यालय र नवदुर्गे आधारभुत विध्यालय र कालिका आधारभुत विध्यालय वडा नम्वर २ स्थित कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय र ज्योती माध्यमिक विध्यालय वडा नम्वर ७ अरनिको आधारभुत विध्यालय र सरस्वती माध्यमिक विध्यालयमा वृहत विध्यालय सुरक्षा कार्यक्रम सन्चालन भएको थियो । कायृक्रममा सहभागी विध्यालय र सम्बन्धित वडा कार्यलयलाई मायाको चिनो प्रदान गरिएको गियो ।
कारितास नेपालका सामाजिक सहजकर्ता गोविरन्दराज कट्टेलले सहजीकरण गर्नु भएको कार्यक्रमका सहभागीलाई सिता भट्टराईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend