झापा । झापाको शिवसताक्षीका २ सय ५० जना युवाहरु शुन्य लागत शुल्कमा मेलेशिय उडि सेकेका छन , भने अझै १सय ५० जना उडुने तयरीमा रहेका छन ।
यो तथ्याङ २३ जुलाई देखि ३१ जुलाई सम्मको हो । शिवसताक्षीबाट ४ सय जना शुल्य लागत शुल्कमा मलेशिय जान गत महिनामा छनौट भएका थिए । अन्य बाँकी रहेकाहरु जेसिवाई कम्पनीमा अगष्ट ३० सम्ममा पठाइ सकिने इन्टरनेश्नल मेनपावरका म्यनेजर मिनबहादुर शुनारले जानकारी दिएका छन । उनिहरुलाई मलेसियाको मेइबन टेक्नोलेजी र मेइबन माइक्रोमा तथा जेसि वाईमा लानको लागी छनौट गरिएको थियो । यस मेनपावरले नेपाली श्रमिकहरुलाई हिमलयन एयरलायन्स चाटर गरि मलेसिया लगि रहेको छ ।
यो समचार तयार पार्दा सम्म शिबसताक्षीका २सय ५० जना र अन्य जिल्लाका ३ सय ५० गरि ६ सय जनालाई पठाइ सकेको उक्त मेनपावरले बताएको छ । युवा श्रमिकहरुलाई बिदाइ गर्न शिवसताक्षीका नेकपा एसका प्रभाबशाली युवा नेता तथा नगर अध्यक्ष नबिन इजम , उक्त पाटीका नगर सचिब शान्तिराम न्यौपाने , युवा नेता द्धोय दिनेश थापा , सुरज लिम्बु तथा सन्चारकर्मि दोय सन्तोष राई र गोबिन ल्वागुन लगायतले बिदाइ गरेका थिए । यसरी युवाहरुलाइलाई शुन्य लगत शुल्कमा मलेशिया पठाए पछि सबैको परिवार खुशिले मक्ख परेका छन । गएको शुक्रबार पहिलो चरणमा शिवसताक्षीको मात्र १सय जना युवाहरुलाई पठाउन सफल भएको नेता इजमले बताएका छन । त्यस्तै क्रमश ४५ जना ५५ जना र ५५ जनाको दरले नगरका युवाहरुलाई पठाउन सफल भएको हो । यो संख्यामा थप गरेर अन्य जिल्लाको संगै पठाउने गरेको बतइएको छ । उनका अनुसार उनिहरुलाई मलेश्यिाको जोरबारु शहरमा रहेको मेइबन कम्पनीको टोक्नोलोेजी डिपार्टमा काम लागाइने बताए । अन्य बाकी रहेका युवालाई मेइबन को माइक्रो कम्पनीमा जाने समेत ईजमले बताएका छन ।
नगरका ४ सय जना बेरोजगार युवाहरुलाई सुन्य लागतमा मलेशिया पठाउनको लागी गएको असार ३ र ४ गते झिलझिलेमा भएको अन्तरबार्ताबाट छनौट गरिएको थियो । त्यस पश्चात काठमनण्डौमा पुन फाइनल अन्तरबार्ता भएको थियो र त्यस अन्तरवार्ताबाट छनौट भई मेडिकल समेत गरि फिट भएका युवाहरुलाई अहिले धमाधम मेलेसिया पठाइरहेको छ । इन्टरनेशनल मेनपावर मार्फत गएका युवाहरुलाइ घर बाट काठ्मन्डु सम्मको यातायत खर्च ,होटलमा बसेको खाएको र १बर्ष को अवधि भएको राहदानी बनएको भए उक्त बिल बराबर रकम बुक्तानि समेत गरेको एक युवा राजकुमार नेम्बङ्ले बताए उनले ११ हजार ३ सय अग्रमी पाएको सुनए । त्यस्तै अन्यले भौगोलिक अवस्था अनुसार प्राप्त गरेको समेत सुनाए यि श्रमिकहरुलाई १५ सय मलेशियन रिंगट र आवास लगायतका सेवा सुबिधाहरु प्राप्त हुने जनाएको छ ।
युवाहरुलाइ हौसला दिन र आवश्यक सहयोग गर्न हाल काठमण्डौमा रहेका नेत इजम नगरका युवाहरुलाई बिदाइ गर्न दिनै जसो बिमन्स्थलमा पुगेर बिदाइ दिदै आएका छन । नेकपा एसका नगर कमिटि अध्यक्ष समेत रहेका नबिन इजमले भने स्वादेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेकोले युवाहरुलाई बिदेशमा पठाएर भए पनि आर्थिक आर्जन गर्न सकुन भन्ने उदेश्यले बिदेश पठाएको हो ।
उनका अनुसार देश आर्थिक संकटको दलदलमा गुज्रिरहेको अवस्थामा बिपन्न बेरोजगार युवाहरुले शुन्य लागतमा गएर आर्थिक आर्जन गरि शुन्दर भबिश्य निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले नै युवाहरुलाई बिदेश पठाउनुको बिकल्प नभएको बताए । शुन्य लागत शुल्कमा मलेशिया पठाइने भएकोले बिचौलियबाट कतै पैसाको लेनदेन भएको थाहा भएमा कार्बाही गरिने गरिने र कसैले पनि सेवा सुल्कको नाममा पैसा नदिन आग्रह गरे ।
गरिबी र बेरोजगारीलाई न्यनीकराण गर्नको लागी ऋण गरेरै भए पनि बिदेशिन बाध्य हुनु पर्ने अवस्थामा शुन्य लागतमा श्रम गन्तब्य मुुलुक जान पाउने भए पछि युवाहरु हर्षित भएर मलेशिय प्रस्थान गरिरहेको युवाहरुले बताएका छन ।
स्वदेशमा रोजगारको अवसर छैन महङगीले जनताको डाड सेकी सक्यो, आम्दानीको श्रोत छैन , बर्षाद हुदैन । भएको खेतीबाट खान पुगनै छाड्यो । समयमा मल बिउ नपाउदा खान पनि द्यौ द्यौ हुन्छ ,त्यसैले बिदेशिनुको बिकल्प नभएको सबै युवाहारुको एक स्वर रहेको थियो। घरमा परिवार धेरै भएकोले पनि आर्थिकको चरम अभाब छ । घरपरिवारको उज्वल भबिस्य निर्माणको लागी बिदेसिनु परेको युवहरुले दुखेसो गरे । यसरी हामी जस्तो गरिब र बेरोजगार युवाहरुलाई शुन्य लागतमा कमाउने बातवरण सिर्जना गराएकोमा नबिन इजमको टिमलाई आभार ब्यक्त समेत गरेका छन ।उर्जाशिल युवाहरु बिदेश पलायन हुनुु देशको बिडम्बना हो । बिदेशिनु कसैको रहर होइन बाध्यता भएको छ । यस तर्फ सरोकार निकायहरुको ध्यान जान जरुरी छ ।
मलेशिय पठाउने भन्दै ठगी गर्ने एजेण्ट काठमाण्डौ बाट पक्राउ
फ्री भिषा , फ्रि टिकटमा बैदेशिक रोजगरी फ्री भिषा , फ्रि टिकटमा बैदेशिक रोजगरीका लागी मलेसिया जान लागेका ४ युवा ठगी गर्ने एजेण्ट्लाइ प्रहरी द्धारा पक्राउ गरिएको छ । ठग एजेण्टलाई नबिन इजम , सुरज लिम्बु र मेनपावरको संयुत टिमले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला उदयपुर घर भैइ भक्तपुर सल्लाघारी बस्ने भिम कुमार श्रेष्ठ रहेका छन । उनले रमेछापका कृति कुमार श्रेष्ठबाट ६०हजर ,सप्तरीका प्रबेश प्रधानबाट ८० हजार ,सप्तरीकै किरन कुमर श्रेष्ठबाट ६० हजार , र पाल्पाका दिल बहादुर अर्घाली मगरबाट १ लाख गरि कुल ३ लाख रुपैया ठगी गरेका थिए , ठगले उनिहरु लाइ ललितपुरको ग्वार्कोमा रहेको इन्टरनेशनल मेनपावर रेकुपमेन्टबाट पठाइ दिने भनि उक्त रकम असुल गरेको पिडितहरुले बताए छ्न । ठग एजेण्ट पक्राउ परे लगतै असुल गरेको रकम पिडितका परिवारलाई फिर्ता गरिसकेको इन्टरनेश्नल मेनपावरका म्यनेजार मिनबहादुर शुनारले बताए । उनका अनुसार सुन्य लागत शुल्कमा वैदेशिक रोजगारीको लागी खाडी तथा मलेशियामा पठाउदै आएको यस मेनपावरले सन २०१६ देखि नै बेरोजगार युवाहरुलाइ श्रम गन्तब्य मुलुकहरुमा पठाउदै आएको छ ।
वैदेशिक रोजगारीमा जान चाहने युवाहरुले सिधै मेनपावरमा समपर्क गर्नुहुन वा बिभिन्न जिल्लहरुमा हुने भिलेज क्यम्पिन इन्टरभ्युम समेत सहभगिता हुन उक्त मेन्पावरका म्यनेजर मिनबहादुर सुनारले अग्रह गरेका छ्न ।
यस कम्पनिमा डडेलधुरा ,पाल्पा,रामेछाप ,झापा ,लगायत प्रदेश १ का विभिन्न जिल्लाका युवा हरु र मधेश प्रदेशका समेत युवाहरुले यो अवसर पाएका छ्न ।
पछिल्लो समय दैनिक हजारौंको संख्यामा युवाहरु श्रम गन्तब्य मुलुक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल भएर जाने गरेका छन ।