शिवसताक्षी ।२०बर्षिय रोशन आङ्देम्बे झापाको शिवसताक्षी ८का बिपन्न परिवारका बेरोजगार युवा हुन ।
कक्षा१२ सम्मको अध्यान गरेका उनले स्वादेशमा रोजगारीको अवसर नदेखे पछि बिदेसिने सोचमा थिए । आफ्नो घर जग्गा छैन ,आमा बैदेशिक रोजगारिको सिलसिलामा बिदेशि भुमि कुवेतमा हुनु हुन्छ ।आमाको सिमित कमाइले डुडामारीमा कोठा भाडामा लिएर ५जनाको परिवार बस्दै आएका छन ।
आमको एक्लो कमाइले घर चलाउन धौ धौ हुन्छ बुबाको कुनै ठेगान छैन कमएर छोरा छोरी लाइ हेरचाह गर्नु को सटा आमको कमाइबाट दिनु पर्छ । पिर र तनाबको सङ गुज्री रहेको अवस्थामा नगरमा सुन्य लगत सुल्कमा बिदेश पठाउने खबर सुने पछि अन्तरबार्तामा सहभगि भए अनि मलेसिया जाने सुनौलो अवसर प्राप्त गरे ।
यो अवसर जुराइदिनु भयो नेकपा एसका नगर अध्यक्ष नबिन इजमले वहाको पहल र नेकपा एस बाग्मति प्रदेस कमिटि सद्स्य कमल सापकोटाको सम्न्वयले गर्दा भएको रोशन आङ्देम्बेले सुनाए ।
उनि लगायत १सय ८०जना युवाहरु सुक्रबार राति १२ः१०बजे हिमलयन एयरलायन्स बाट मलेसिया प्रस्थान गरे । उनिहरुलाइ बिदाइ गर्न शिवसताक्षीका नेकपा एसका प्रभाबशाली युवा नेता नगर अध्यक्ष नबिन इजम ,सुरज लिम्बु ,सन्चारकर्मि दोय सन्तोष राई र गोबिन ल्वागुन लगायतले बिदाइ गरेका थिए । यसरी युवाहरुलाइलाई शुन्य लगत सुल्कमा मलेशिया पठाए पछि सबैको परिवार खुशिले मक्ख परेका छन । शुक्रबार पहिलो चरणमा १सय ८०जना युवाहरुलाई पठाउन सफल भएको नेता इजम बताउछन ।उनका अनुसार उनिहरुलाई मलेश्यिाको जोरबारु शहरमा रहेको मेइबन कम्पनीको टोक्नोलोेजी डिपार्टमा काम लागाइने बताए । अन्य बाकी रहेका युवालाई मेइबन को प्राईम र जेसिवाई कम्पनीमा पठाइने समेत ईजमले बताए ।
नगरका ४ सय जना बेरोजगार युवाहरुलाई सुन्य लागतमा मलेशिया पठाउनको लागी गएको असार ३ र ४ गते झिलझिलेमा भएको अन्तरबार्ताबाट छनौट गरिएको थियो । त्यस पश्चात काठमनण्डौमा पुन फाइनल अन्तरबार्ता भएको थियो र त्यस अन्तरवार्ताबाट ३सय६५ जना युवा छनौट भई मेडिकल समेत गरि फिट भएका थिए । इन्टरनेशनल मेन्पावर मार्फत गएका युवाहरुलाइ घर बाट काठ्मन्डु सम्मको यात्रा खर्च ,होटलमा बसेको खाएको र १बर्ष को अवधि भएको राहदानी बनएको बिल बराबर रकम बुक्तानि समेत गरेको एक युवा राजकुमार नेम्बङ्ले बताए उन्ले ११हजार३सय पाएको सुनए । उनिहरुलालई १५ सय मलेशियन रिंगट र आवास लगायतका सेवासुबिधाहरु प्राप्त हुने जनैएको छ ।
युवाहरुलाइ हौसला प्रधान गर्न बिमन्स्थल सम्म आएको नेता इजमले बतए नेकपा एसका नगर कमिटि अध्यक्ष नबिन इजमले भने स्वादेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेकोले युवाहरुलाई बिदेशमा पठाएर भए पनि आर्थिक आर्जन गर्न सकुन भन्ने उदेश्यले बिदेश पठाएको हो ।
उनका अनुसार देश आर्थिक संकटको दलदलमा गुज्रिरहेको अवस्थामा बिपन्न बेरोजगार युवाहरुले शुन्य लागतमा गएर आर्थिक पार्जन गरि शुनदर भबिश्य निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले नै युवाहरुलाई बिदेश पठाउनुको बिकल्प नभएको बताए । शुन्य लागत शुल्कमा मलेशिया पठाइने भएकोले बिचौलियबाट कतै पैसाको लेनदेन भएको थाहा भएमा कार्बाही गरिने भएकोले कसैले पनि सेवा सुल्कको नाममा पैसा नदिन आग्रह गरिएको छ ।
गरिबी र बेरोजगारीलाई न्यनीकराण गर्नको लागी ऋण गरेरै भए पनि बिदेशिन बाध्य हुनु पर्ने अवस्थामा शुन्य लागतमा श्रम गन्तब्य मुुलुक जान पाउने भए पछि युवाहरु हर्षित भएर मलेशिय प्रस्थान गरएको युवाहरुले बताएका छन ।
स्वदेशमा रोजगारको अवसर छैन महङगीले जनताको डाड सेकी सक्यो, आम्दानीको श्रोत छैन , बर्षाद हुदैन ।भएको खेतीबाट खान पुगनै छाड्यो । समयमा मल बिउ नपाउदा खान पनि द्यौ द्यौ हुन्छ ,त्यसैले बिदेशिनुको बिकल्प नभएको सबै युवाहारुको एक स्वर रहेको थियो। घरमा परिवार धेरै भएकोले पनि आर्थिकको चरम अभाब छ । घरपरिवारको उज्वल भबिस्य निर्माणको लागी बिदेसिनु परेको युवहरुले दुखेसो गरे । यसरी हामी जस्तो गरिब र बेरोजगार युवाहरुलाई शुन्य लागतमा कमाउने बातवरण सिर्जना गराएकोमा नबिन इजमको टिमलाई आभार ब्यक्त समेत गरेका छन ।उर्जाशिल युवाहरु बिदेश पलायन हुनुु देशको बिडम्बना हो । बिदेशिनु कसैको रहर होइन बाध्यता भएको छ । यस तर्फ सरोकार निकायहरुको ध्यान जान जरुरी छ ।