logo
शुक्रबार, साउन २९ २०८३

दमक नगरपालिकाको बजेट पास नहुनुमा आफुहरुको कारण नभएको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भनाई


  • कुइनेटो न्युज
  • बुधबार, साउन ४ २०७९

कमल , नगरपालीकाको चालु आर्थिक बर्षको बजेट पास नहुनुमा आफुहरुको कारण नभएको एमालेबाट निर्वाचित जन प्रतिनिधिहरुले स्पष्ट पारेका छन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आज दमकमा पत्रकार सम्मेलन गर्दै नगरसभा सदस्यले दिएको सुझावलाई कार्यपालीका बैठकमा लगेर छलफल गर्नु पर्नेमा नगर प्रमुखले त्यसो नगर्दा अहिलेको समस्या आएकोे निर्वाचित जन प्रतिनिधिहरुले बताएका छन् ।
कार्यपालीका सदस्य लोकबहादुर धिमालले नगरसभामा गत असार १० गते पेश भएको बजेट र निति तथा कार्यक्रममा नगरसभा सदस्यले दिएको सुझाव कार्यपालीकामा लगेर छलफल गर्नु पर्नेमा नगर प्रमुख राम थापाले सिधै बजेट पास गर्न खोज्दा समस्या आएको बताउनु भयो ।
त्यसैगरी संबिधानले तिन तहका सरकार भनिसकेपछि प्रदेश र संघमा भएको जस्तै स्थानिय सरकारमा पनि संसदिय दलको अभ्यास हुनु पर्ने उहाँले जिकिर गर्दै । संबिधानमा यो कुरा नभएको भए संबिधान संसोधन गरेरै भए पनि स्थानिय सरकारमा पनि संसदिय दल र सत्ता पक्ष प्रतिपक्ष हुनु पर्ने दमक नगरपालीकाका पुर्व उप प्रमुख समेत रहिसक्नु भएका कार्यपालीका सदस्य धिमालले जिकिर गर्नु भयो । कार्यपालीका सदस्यको लागी बैठक कक्ष माग गरिएको भए पनि गाडी सुबिधा भने आफुले नमागेको उहाँले स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा पुर्व नगर प्रमुख तथा एमाले केन्द्रिय सदस्य रोमनाथ ओलीले एक्लो व्यक्तिको हठले नगरपालीका नचल्ने भन्दै नगर प्रमुखले तत्कालै कार्यपालीका बैठक बोलाएर नगरसभा सदस्यले दिएका सुझावहरु समेट्नु पर्ने बताउनु भयो । उहाँले कार्यपालीका बैठक नबोलाए सम्म दमक नगरको नगर सभामा आफ्ना प्रतिनिधिहरुको उपस्थिति नहुने समेत ओलिले स्पष्ट पार्नुभयो

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend