logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीका ९५ जना युवालाई निशुल्क विदेश पाठाईदै


  • गोविन्द ल्वागुन
  • मंगलबार, साउन ३ २०७९

शिवसताक्षी , झापाको शिवसताक्षीका बिपन्न परिवारका बेरोजगार युवाहरुलाई शुन्य लागत शु्ल्कमा वैदेशिक रोजगारको लागी सोमबार काठमाण्डौ पठाइएकोे छ ।
पहिलो चरणमा छनौट भएका शिवसताक्षी नगरका ९५ जना युवाहरुलाई सोमबार बेलुकी ५ बजे काठमाण्डौ प्रस्थानको लागी बिदाई गरिएको हो । उहिरुलाई २ वटा रात्रि बसबाट काठमाण्डौ पठाईएको हो ।
साउन ५ गते र ८ गते मलेशियाकालागी प्रस्थान मिति तय भएको भएपनि अभिमुखिकरण तालिम लिनु पर्ने भएकोले युवाहरुलाइ सोमवार काठमाण्डौ पठाइएको बैदेशिक रोजगार कार्यक्रम संयोजक नबिन इजमले बताउनु भयो ।
फाइनल अन्तरवार्ताबाट ३ सय ५० जना युवा छनौट भएको भए पनि पहिलो चरणमा ९५ जना युवाहरुलाई पठाउन लागिएको र उनिहरुलाई मलेश्यिाको जोरबारु शहरमा रहेको मेइबन कम्पनीको प्राइम र टेक्नोलोेजी डिपार्टमा काम लागाइने जनाइएको छ । अन्य बाकी रहेका युवालाई जेसिवाई कम्पनीमा पठाइने समेत ईजमले जानकारी दिनुभयो ।
बिदाई कार्यक्रममा नेकपा (एकीकृत समाजबादी) शिवसताक्षीका नगरकमिटी अध्यक्ष नबिन इजम , सचिब शान्तिराम न्यौपाने, सदस्य दिपक शेर्मा, पाटीका वडा नम्बर ७ का अध्यक्ष पुर्ण लावती लगायतले युवाहरुको उज्वल भबिश्यको कमना गर्दै खादा ओडाएर बिदाइ गर्नु भएको थियो ।
नेकपा (एकीकृत समाजबादी.)शिवसताक्षी नगर अध्यक्ष नबिन इजमको पहल तथा बागमती प्रदेश कमिटी सदस्य कमल सापकोटाको समन्वयमा नगरका ४ सय जना बेरोजगार युवाहरुलाई शुन्य लागतमा मलेशिया पठाउनको लागी गएको असार ३ र ४ गते झिलझिलेमा भएको अन्तरबार्ताबाट छनौट गरिएको थियो ।
काठमनण्डौमा पुन फाइनल अन्तरबार्ता भएको थियो र त्यस अन्तरवार्ताबाट ३ सय ५० जना युवा छनौट भई मेडिकल समेत गरि फिट भएका थिए । युवाहरु मलेशिय स्थित जोरबारुमा रहेको मेइबन कम्पनी र जेसिवाई कम्पनीमा औद्योगिक कामदारको रुपमा पठाइने जनाइएको छ । उनिहरुलालई १५ सय मलेशियन रिंगेट र आवास लगायतका सेवासु बिधाहरु प्राप्त हुने काठमण्डौ स्थीत इन्टरनेशनल मेनपावर कम्पनीका म्यानेजर मिनबहादुर सुनारले बताउनु भयो ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका नगर कमिटि अध्यक्ष नबिन इजमले भने स्वादेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेकोले युवाहरुलाई बिदेशमा पठाएर भए पनि आर्थिक आर्जन गर्न सकुन भन्ने उदेश्यले बिदेश पठाउन लागिएको हो । वहाँका अनुसार देश आर्थिक संकटको दलदलमा गुज्रिरहेको अवस्थामा बिपन्न बेरोजगार युवाहरुले शुन्य लागतमा गएर आर्थिक उपार्जन गरि शुन्यदर भबिश्य निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले नै युवाहरुलाई बिदेश पठाउनुको बिकल्प नभएको बताउनु ।
युवालाई शुन्य लागत शुल्कमा मलेशिया पठाउन लागिएको हो यदी कसैले पैसाको लेनदेन गरेको भएको थाहा पाएमा कार्बाही गरिने भएकोले कसैले पनि सेवा शुल्कको नाममा पैसा नदिन आग्रह गरिएको छ ।
गरिबी र बेरोजगारीलाई न्युनीकराण गर्नको लागी ऋण गरेरै भए पनि बिदेशिन बाध्य हुनु पर्ने अवस्थामा शुन्य लागतमा श्रम गन्तब्य मुुलुक जान पाउने भए पछि युवाहरु हर्षित भएर काठमाण्डौ तर्फ प्रस्थान गरेका छन । ।
स्वदेशमा रोजगारको अवसर छैन महङगीले जनताको डाड सेकी सक्यो, आम्दानीको श्रोत छैन , बर्षाद हुदैन । खेतीबाट उत्पादन भएकोले खान पुग्दैन ,समयमा मल बिउ नपाउदा खान पनि द्यौ द्यौ हुन्छ ,त्यसैले बिदेशिनुको बिकल्प नभएको शिवसताक्षी ८ सिमना चोकका युवा सुवास सेर्मा बताउहुन्छ ।
वहाँ साउन ५ गतेको फ्लााइटबाट मलेसिया जानको लागी सोमबार काठमण्डौ प्रस्थान गर्नुभएको हो घरमा परिवार धेरै भएकोले पनि आर्थिकको चरम अभाब छ । घरपरिवारको उज्वल भबिस्य निर्माणको लागी बिदेसिनु परेको वहाँ बताउनुहुन्छ ।
युवाहरुले हामी जस्तो गरिब र बेरोजगार युवाहरुलाई शुन्य लागतमा कमाउने बातवरण सिर्जना गराएकोमा नबिन इजमको टिमलाई आभार ब्यतm समेत गरेका छन ।उर्जाशिल युवाहरु बिदेश पलायन हुनुु देशको बिडम्बना हो । युवाहरु बिदेशिनु कसैको रहर होइन बाध्यता भएको ले यस तर्फ सरोकार वाला निकायहरुको ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend