logo
शुक्रबार, साउन २९ २०८३

कलबर्डको निर्माण सम्पन्न भए सगै हिसाव सार्वजनिक


  • गोविन्द ल्वागुन
  • शनिबार, असार ३२ २०७९

धरमपुर,असार ३२। शिवसताक्षी नगरपालिका १ धरमपुर बजार उत्तर तर्फ निर्माण गरिएको कलबर्ड सम्पन्न भए संगै हिसाब सार्बजनिक गरिएको छ ।
धरमपुर पेशा ब्यबसायी संघको पहलमा निर्माण गरिएको कलबर्डको शुक्रबार एक कार्यक्रमका बिच निर्माण सम्पन्न भएको जानकारी सहित हिसाब सार्बजनिक गरिएको हो ।
शिवसताक्षी नगरपालीकाबाट ३ लाख रुपैया र स्थानीय उपभोतmा समितिबाट ३४ हजार १ सय ७० रुपैया गरि कुल ३ लाख ३४ हजार १ सय ७० रुपैया लागतमा कलबर्ड निमार्ण सम्पन्न भएको हो ।
२०७८ साल फागुन ८ गतेबाट सुर गरिएको कलबर्ड निर्माण कार्य २०७९ साल जेठ १५ गते निर्माण सम्पन्न भएको भए पनि प्राबिधिक कारणले हिसाब सार्बजनिक गर्न ढिलो हुन गएको कलबर्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष पृथ्बीबहादुर बोहोराले जानकारी दिनुभयो ।
बिशेषगरि रतुवामाई बन क्षेत्रमा रहेको समाधी स्थलमा बर्षादको समयमा आवत जावत गर्न समस्या हुने गरेको चौतर्फी जनगुनासो आएपछि त्यसलाई समाधानकालागी नगरपालीका संग सहकार्य गरेर कलबर्ड निर्माण गरिएको धरपुर पेशा ब्यबसायी संघका अध्यक्ष पेमा लामाले बताउनुभयो ।
आगमी दिनमा धरमपुरm बजारलाई सफा र ब्यस्थित संगै राम्रो धरमपुर हाम्रो धरमपुर निर्माणको परिकल्पना संगै हात्ति आतंकलाई रोकथाम गर्न सडक बत्ति बालिने योजना रहेको समेत अध्यक्ष लामाले जानकारी दिनुभयो ।
धरमपुर बजारमा बिभिन्न पेशा ब्यबसाय संचालन गर्दै आएका ब्यबसायीहरु आबद्ध रहेको यस संघले बिभिन्न सामाजिक कार्यहरु गर्दे आएको छ । यस संघले छोटो समयमा नै बजार र समाजमा नौलो छाप छोड्न सफल भएको स्थानिय बताउछन् ।
हिसाब सार्बजकि कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष लक्ष्मि प्रसाद चेम्जोङले धरमपुर पेशा ब्यबसायी संघले गरेको कामको प्रशंशा गर्दै आगमी दिनमा वडा संग समन्वय गरि १ नम्बर वडालाई १ नम्बर बनाउनको लागी यहाँ भएको समस्या लाई समधान सहकार्य गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष चेम्जोङले यस वडामा मुख्य समस्या भनेको हात्ति आतंक भएकोले यस वडाको पुर्ब पश्चिम सडक किनारमा सडक बत्ति राख्न र सिसि टिभी जडानको लागी नगर संग समन्वय गरि काम गर्ने आश्वसन समेत दिनुभयो ।
कार्यक्रममा धरमपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष लिलाबहादुर जोशी (कुमार) सचिब मोहन सिन्चिउरी , सामाजिक अगुवा दुर्गा चेम्जोङ लगायत बिभिन्न पेशा ब्यबसायीहरुको सहभागिता रहेको थियो ।
धरमपुर पेशा ब्यबसायी संघका सदस्य निहाङ किराँतीले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने कार्यक्रमको संचालन संघका सचिब खगेन्द्र प्रसाद दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend